DSC07158राजविराज / सर्वसाधारणलाई आश्वस्त पार्न सप्तरीमा एक कार्यक्रmमको उद्घाटन घरमा आगो लगाएर गरिएको छ । सप्तरीको हरिहरपुर र देउरी भरुवामा आइतबार प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले नमूनाको रुपमा बनाइएको अग्नि प्रतिरोधात्मक घरमा आगो लगाएर कार्यक्र उद्घाटन गरेका हुन् ।
गर्मी र हावाहुरीको मौसम शुरुवातसँगै जिल्लाको ग्रामीण क्षेत्रमा केही दिनयता आगलागीका एकपछि अर्को घटना भएरकरोडौंको धनमाल नष्ट हुन थालेपछि जोखिम न्यूनीकरण गर्ने उद्देश्यले स्थानीय प्रशासन र रेडक्रसको सहयोगमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले हरिहरपुर र देउरीभरुवामा आयोजना गरेको प्रविधि प्रदर्शनी कार्यक्रम अन्तर्गत नमूनाको रुपमा १–१ वटा अग्नि प्रतिरोधात्मक घर निर्माण गरिएको हो । सोही प्रदर्शनीको एक समारोहबीच प्रजिअ गौतमले यसरी उद्घाटन गरे ।
उनले थोरै लगानीमा वैज्ञानिक प्रविधिबाट बनाइएको यस्ता घरमा आगलागीको घटना नहुने र भइहाले पनि क्षतीको सम्भावना न्यून हुने गाउँलेलाई सम्झाउन र आश्वस्त पार्न नमूना घरमा आगो लगाएर कार्यक्रमको उद्घाटन गरेका हुन् ।
पराल, डोरी, माटो, बालुवा र प्लाष्टिकको पाल प्रयोग गरी बनाइएको अग्नि प्रतिरोधक घरमा डिजेल र मट्टितेलले छ्याप्पै भिजाएर बालिएको मशालबाट प्रमुख अतिथि प्रजिअ गौतमले नमूना घरमा आगो लगाएका थिए । आधा मिनेटसम्म घरको छानामुनि आगो हुरहुर्ती बल्यो । तर १ मिनेट नबित्दै आगो समेटिँदै गयो र आपंैm निभ्यो । अग्निप्रतिरोधक घर भएकाले आगो पैmलिन नपाई आपंैm निभेको प्रतिष्ठानका उपकूलपति प्राध्यापक डा. जीवराज पोखरेलले बताए ।
‘अग्नि प्रतिरोधात्मक घरका अनुसन्धानकर्ता एवम् नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकूलपति प्राध्यापक डा. पोखरेलले विशेषगरी तराईका ग्रामीण क्षेत्रमा आगलागीको घटना बढी हुने गरेकाले क्षती न्यूनीकरणका लागि वैज्ञानिक पद्धतिअनुसार अग्नि प्रतिरोधात्मक घर निर्माणको अवधारणा ल्याएको जानकारी दिँदै यस्तो घर बनाएर ढुक्क भइ बस्न गाउँलेलाई आग्रह गरे । अग्नि प्रतिरोधक एउटा सानो र साधारण घर बनाउँदा ५ देखि ७ हजारसम्म मात्र खर्च पर्ने उनको भनाइ थियो । जिल्लाको ग्रामीण क्षेत्रमा गरिबीका कारण अहिले पनि अधिकांश घर फुसका संरचनाका भएकाले आगलागीको उच्च जोखिममा रहेको चर्चा गर्दै उनले अग्नि प्रतिरोधक घर बनाउन सके धेरै हदसम्म आगलागीको जोखिम न्यूनीकरण गर्न सकिने बताए । अग्नि प्रतिरोधक घर बनाउन आवश्यक पर्ने सरसामान, बनाउने तौरतरिका र प्रविधिबारे प्रतिष्ठानका इञ्जिनियर सूर्यनारायण यादवले गाउँलेलाई प्रशिक्षण समेत दिएका छन् ।
सो अवसरमा रेडक्रस सप्तरीका सभापति जोगेन्द्र भगत, कृष्णदल गणका प्रमुख सेनानी भुवनेश्वर आचार्य, सहायक प्रजिअ रामेश्वर अर्याल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल, सशस्त्र प्रहरी उपरीक्षक जनक बोहरा, डिएसपी नीरकृष्ण अधिकारी, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, वरिष्ठ पत्रकार शिवहरिप्रसाद भट्टराई, पत्रकार महासङ्घ, सप्तरीका कोषाध्यक्ष मनोजकुमार माझी, सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनील झा, देउरीभरुवा र हरिहरपुरका निर्वतमान गाविस अध्यक्षहरु महन्थी यादव र बद्रीनारायण चौधरी लगायतको उपस्थिति थियो ।