मोरङ / विराटनगर–१९ का एक दाम्पति गाँजा कारोबार संलग्न भ
एको पाईएको छ । स्थानिय ५९ वर्षीय रघुनाथ प्रसाद साह र उनका श्रीमती ५५ वर्षीया महोदरी सासोडी गाँजा कारोवारमा लागेको पाईएको प्रहरीले जनाएको छ । विशेष सुराकीको आधारमा उनीहरुसँगै धनकुटा छिन्ताङका ३२ बर्षिय चक्रबहादुर राई, भोजपुर भर भई धरान ११ मा डेरा गरी बस्ने वर्ष ३२ का एलीना राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुको साथ बाट ७ केजी ४ सय १० ग्राम गाँजा बरामद गरिएको छ ।
चक्रबहादुर र ऐलीलनाले पहाडी जिल्लाबाट गाँजा जम्मा गरेर विराटनगर ल्याउने र शाह दम्पतीको घरबाट कारोबार गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले गरेको अनुसन्धानमा रघुनाथ साहले लामो समयदेखि पूर्वी जिल्लाको विभिन्न स्थानमा गाँजा सप्लाई गर्दै आएको प्रहरीले दावी गरेको छ ।
प्रहरीले पाएको सूचनाको आधारमा मोटरसाइकलमा गाँजा ओसारपसार हुने गरेको थाहा पाएपछि गाँजासहित चत्रबहादुरलाई प्रहरीले नियन्त्रणम लिएर थप अनुसन्धान थालेपछि अन्य लाई पनि कलडिटेलको आधारमा पक्राऊ गरिएको हो । पक्राउ परेको ४ जनालाई लागु औषध ऐन अन्तर्गत मुद्दा चलाएको प्रहरीले जनाएको छ ।
श्रीमान श्रीमती गाँजा कारोवारमा
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































