शिवहरी प्रसाद भट्टराई
राजविराज / राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले असन्तुष्ट पक्षले मुद्दा फिर्ता लिए अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको प्रतिवन्ध तत्कालै फिर्ता गराउन सकिने वताएका छन् ।
राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा जिल्ला खेलकुद विकास समिति सप्तरीको संयोजनमा तीन दिनसम्म राजविराजमा संचालित ुज्येष्ठ नागरीकका लागि खेलकुद, ध्यान तथा योग एवम् प्राकृतिक चिकित्सा शिविरु को सोमवार समापन गर्दै सदस्य सचिव विष्टले यस्तो वताएका हुन् ।
क्यानको आधिकारिकता विवादमा सम्वद्ध सवै पक्ष आरोप प्रत्यारोपमा उभिएको र एक पक्षले आदालतमा मुद्दा समेत दर्ता गराएको अवस्थामा आफुहरुले कुनै कदम चाल्न नसकेको उनले वताए । यतिवेला चालिने जुनसुकै कदमले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्ने भएकोले एउटै मात्र विकल्प मुद्दा फिर्ता नै रहेको उनको तर्क छ ।
करिव दुईवर्षदेखि क्यानमा विवाद देखिएको र क्यानको कार्यहरु पारदर्शीपूर्ण नरहेको भन्दै पटक पटक सचेत गराएपनि वेवास्ता गरेपछि गत वैशाख १३ गते (सोमबार) दुवईमा बसेको आईसिसीको बोर्ड बैठकले क्यानलाई प्रतिबन्ध लगाएको हो ।
क्यानमा राजनीतिक हस्तक्षेप भएको, दुई क्यान भएको र आधिकारिकता विवाद अदालतमा फसेको भन्दै आर्टिकल २.९ अनुसार क्यानलाई निलम्वन गरेको आइसिसीले उल्लेख गरेको छ । नेपालमा अहिले परिषदबाट मान्यता प्राप्त र निर्वाचित समिति अस्तित्वमा छन् । दुवै बीच कुन आधिकारिक हो भन्ने विवाद चुलिएको थियो । विवादका बीच चतुर बहादुर चन्दको नेतृत्वमा गत पौषमा क्यानको नयाँ निर्वाचत समिति बनेको थियो जसलाई राखेपले मान्यता नदिएपछि चन्द पक्षले अदालतमा दर्ता गराएको मुद्दा विचाराधीन छ । राखेपले रमेश सिलवालको नेतृत्वमा गत माघमै तदर्थ समिति गठन गरेको थियो ।
राजनीतिक हस्तक्षेप अन्त्य गरी एकै क्यान भएर आए निलम्वन फुकुवा गरिने र उही अवस्थामा रहिरहे निलम्वन पनि यथावतै रहने आइसिसीले प्रतिक्रियालाई उल्लेख गर्दै सदस्य सचिव विष्टले भने (ुयस्तो अवस्थामा एउटै मात्र विकल्प भनेको मुद्दा फिर्ता नै हो ।'
उनले सप्तरी स्थित राज रंगशालाको पुनर्निर्माण गरी नयाँ संरचना वनाउने पहल समेत भईरहेको जानकारी दिए । यस वर्षको वजेटमा सप्तरी लगायत तराई(मधेशमै खेलकुदको विकाशका लागि पर्याप्त वजेटको ब्यवस्था गरिएको वताएका उनले एकातर्फ वनाउने र अर्कोतर्फ भत्किने प्रक्रियाको अन्त्यका लागि खुद्राखुद्री काम वन्द गर्नु पर्ने वताए । राजविराजको राज रंगशाला लगायत मुलकका ३७ वटा रंगशालाको नयाँ संरचना निर्माणका लागि डिपिआर (डिटेल प्रोजेक्ट रिपोर्ट) तयार भईरहेको वताउँदै उनले उक्त काम सम्पन्न हुनासाथ रंगशालामा काम पनि सुरु हुने वताए ।
परिषदद्वारा संचालित शिविरको वारेमा जानकारी दिदै विष्टले खेलकुदका माद्यमवाट ज्येष्ठ नागरीकहरुलाई सम्मान गर्न खोजीएको वताए । खेदकुद स्वास्थ्य र जिवन यापनसँग जोडिएको विषय भएकाले युवा र विद्यार्थी मात्र नभई ज्येष्ठ नागरिकका लागि पनि उत्तिकै फलदायी वनाउनु पर्ने योजना अनुरुप शिवीरको आयोजना गरिएको उनको भनाई छ ।
सप्तरीवाट सुरु भएको शिवीर पहिलो चरणमै लोकप्रिय र अपार सफलताकासाथ सम्पन्न भएकोले यसलाई देशैभरी संचालन गरीने विष्टले वताए । उनले शिविरमा सहभागिहरुलाई प्रमाण पत्र र सम्मान गरेका थिए । जिल्ला खेलकुद विकास समिति सप्तरीका उपाध्यक्ष धिरेन्द्रप्रसाद वमा धिरुको अध्यक्षतामा आयोजित समापन समारोहमा सप्तरीका सिडिओ वलदेव गौतम, नेपाल पत्रकार महासंघका पुर्वउपाध्यक्ष तथा ज्येष्ठ नागरीक संघ सप्तरी जिल्ला अध्यक्ष शिवहरी प्रसाद भट्टराई, कवड्डि संघका राष्ट्रिय उपाध्यक्ष अरविन्द कुमार झा, सहभागिहरु रामनरेश सिंह, चन्द्रकलादेवी थरुनी लगायतले वोलेका थिए ।