बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले मृगौला रोगीहरुले  निशुल्क डाईलाईसिस गर्न पाउने निर्णय गरेको छ । यो निर्णयबाट निम्न आर्थिक अबस्था कमजोर भएका बिरामीहरुका लागि निकै ठुलो सहयोग हो ।

बार्षिक लाखाौँ रुपैया खर्च हुने मृगौलाकोadvanced-dialysis-interventional-care डाईलाईसिस निःशुल्क हुने निर्णय हुनु स्वागत योग्य कुरा भएको धरान स्थित विपी कोइराला स्वाथ्य बिज्ञान प्रतिष्ठानका मृगौला रोग बिषेशज्ञ प्राडा सञ्जीबकुमार शर्माले बताए । ‘यो निर्णय स्वागत योग्य छ,निर्णय कार्यन्वयनको तह राम्रो हुनु पर्छ ’ उनले भने । नेपालमा साना ठुला गरि मृगौलाका ३० लाख बिरामी रहको सरकारी तथ्याङक छ । त्यसमध्ये ३ लाख बिरामीको अनिबार्य डाईलाईसिस गर्नु पर्ने चिकित्सकहरुको अनुमान छ ।

सरकारले मृगौला रोगिको उपचारमा झण्डै पाँच लाख बराबरको साहयता दिदै आएको भएपनि उक्त साहयता पहुचवालाहरुले मात्र लिईरहेको चिकित्सकहरुलेनै बताउने गरेका छन् । ‘यो सुबिधा उपचार गर्न नसक्नेहरुले पाउनु पर्ने पहिलो सर्त हो’ लाखौ रुपैया खर्च गरेर मृगौला प्रत्यारोपण गरेका नेकपा एमाले धरानका अध्यक्ष तारा सुब्बाले भने ‘सरकारले डाईलाईसिस गर्ने अस्पतालहरुलाई आबश्यक श्रोत र साधन पुर्णरुपमा उपलब्ध गराउनु पर्छ ।

निम्न आयस्तर भएका बिरामीहरुको सहज पहुच पुग्ने वातावरण बनाउने जिम्मा सरकार र जिम्मेवार नागरिकको हो उनले भने ।मृगौला फेल भएर लामो समय गरिने उपचारका क्रममा गरिने डाईलाईसिस प्रक्रिया सर्वसाधरणका लागि महंगो भइरहेको थियो ।स्मरणीय सरकारका प्रधानमन्त्रि केपीशर्मा वलीपनि मृगौला प्रत्यारोपण गरिएका ब्यक्ति हुन ।उनले दुई महिना अघिनै डाईलाईसिस निशुल्क गर्ने घोषण गरेका थिए ।