उर्लाबारी/ निर्धारित तथा ट्राईब्रेकरमा पनि हार÷जित नभएपछि भएको सडन डेथमा सशस्त्र प्रहरी बलको एपीएफलाई पराजित गर्दै आयोजक मदन भण्डारी प्रतिष्ठान मोरङको उर्लाबारीमा जारी पाँचौं मदन भण्डारी स्मृति गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको पहिलो 31सेमिफाइनल खेलमा एपीएफलाई सडन डेथमा ८–७ गोलले पराजित गरेपछि आयोजकको टिम लगातार दोस्रोपटक फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय १–१ तथा ट्राईब्रेकर ५–५ गोलको बराबरीमा टुङ्गिएपछि खेलको अन्तिम निर्णय सडन डेथबाट लिनु परेको हो । एपीएफका रुपक लामाले प्रहार गरेको पेनाल्टी सुटआउट बाहिरिएपछि आयोजकको जित सुनिश्चित भएको हो । प्रतियोेगितामा आयोजकका रजिन धिमाल म्यान अफ दी म्याच घोषित भए । प्रतियोगितामा शनिबारको अन्तिम सेमिफाइनल खेल  नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र प्mयान्स क्लब बीआरसी भुटानबीच हुने आयोजक समितिका सदस्य सचिव रुद्रबहादुर तामाङले बताएका छन् ।