भर्खरै जन्मिएको बच्चालाई जन्डिस ? यो बिषयले धेरैलाई चिन्तीत पार्ने गरेको छ । प्रसबपिडा पछि पाएको खुसि सँगसँगै बच्चामा देखिने जन्डिसले धेरैलाई मानसिक रुपमा सताएको देखिन्छ । यो स्वभाबिकपनि हो । तर अभिभाबकहरुलाई नवजात शिशुका बारेमा प्रयाप्त जानकारी नहुदा यस्ता धेरै खाले समस्याको तनाब झेल्नु पर्ने हुन्छ ।
जान्नैपर्ने कुरा
बच्चा जन्मिएको ४८ घण्टा पछि जन्डिस देखिनु स्वाभाबिक हो । यसलाई मेडिकलको भाषामा ‘फिजीयोलोजीकल’पनि भनिन्छ ।जन्डिस आँखाको नानी छेउमा रहेको सेतो भागमा देखिन्छ । जन्डिस भएको बच्चाको आँखाको सेतो भाग पहेलो भएको हुन्छ । बच्चा जन्मिएको ४८ घण्टापछि जन्डिस देखियो भने आत्तिनु पर्दैन । ९० देखि ९५ प्रतिसत नवजात शिशुहरुमा यस्तो जन्डिस देखा पर्छ । यो ७ देखि १३ दिनको बिचमा आफै निको हुन्छ । १३ दिनपछि पनि जन्डिस निको भएन भने चिकित्सकसँग परामर्श लिनु पर्छ । यो निको हुन्छ । तर बच्चा जन्मदै जन्डिस भएको छ भने त्यसलाई चै राम्रो मानिदैन । बच्चा जन्मदै जन्डिस भएको छ भने तुरुन्त चिकित्सकलाईं देखाउनु पर्छ ,यो पनि निको हुन्छ ।
किन हुन्छ जन्डिस ?
नवजात शिशुमा जन्डिस हुने बिभिन्न कारणहरु छन् ,जस्तै
१.नवजात शिशुको कलेजो पुर्ण रुपले बिकसित भएको हुदैन । त्यस कारण जन्डिस देखा पर्छ ।
२.नवजात शिशुको रक्त सञ्चार बयस्कको जस्तो पुर्ण रुपमा भएको हुदैन । त्यस कारण जन्डिस हुन्छ ।
३. बिकशीत हुदै गरेको कलेजोले पनि पुर्णरुपमा काम गर्न समय लाग्ने भएको हुँदा जन्डिस देखा पर्छ ।
४.बिलिरुबिनको मात्र बढी भएर (गर्भअबस्थामा रगत टुक्रिएर नयाँ रगत बन्ने प्रकृया बिकाश नहुदा) पनि जन्डिस देखापर्छ
उपचार के गर्ने ?
१. नवजात शिशुलाई बिहानको घाममा दैनिक आधा घण्टा राख्दा फाईदा हुन्छ ।
२.यसका लागि आत्तिएर उपचार गराउनु पर्दैन । यो आफै निको हुन्छ । तर जन्डिसको मात्र धेरै देखियो भने अस्पताल गएर फोटो थेरापी गराउनु पर्छ । यसले जन्डिसको मात्रालाई कम गर्छ ।
३.नवराज शिशुको आमाले अरुबेला भन्दा झोल,माछा,मासु,अण्डा जस्ता पौष्टिक तत्वहरु धेरै खानु पर्छ ।
डाक्टरलाई कति बेला देखाउने ?
१.१३ दिन पछि पनि जन्डिस निको नभएमा ।
२ं.जन्मेको ४८ घण्टा अगाडि जन्डिस देखिएमा
३. जन्मदै जन्डिस देखिएका ।
४.बच्चाले दुध नखाएमा डाक्टरलाई देखाउनु पर्छ ।
५.पिसाब तथा दिशा धेरै पहेलो गएमा ।
(डा.अरुण कुमार सिंह सँग योगेशबाबु काफ्लेले गरेको कुराकानीमा आधारीत)