damak

एडलिंक एडभरटाईजिङ एजेन्सीको आयोजनामा भएको ‘मिस दमक’ नामको सुन्दरी प्रतियोगितामा ‘फिक्सिङ’ भएको सहभागिले दाबि गरेका छन् । शुक्रवार सम्पन्न अन्तिम प्रतिस्प्रधाबाट मिस दमकको उपाधि जितेकी रुजु ढकाललाई आयोजकले विना क्षमता र प्रस्तुति बिनै उपाधि दिलाएको उनिहरुले जिकीर गरेका छन् ।रुजुलाई विजयी  घोषणा गर्ने क्रममा निर्णायकहरु बिचमै गम्भिर मत बाझिएको समेत स्रोतको भनाई छ । प्रतियोगितामा सहभागि सवैले अर्की प्रतियोगि नम्रता वुढाथोकीमा भएको क्षमता र प्रस्तुतीका कारण विजयी हुने आँकलन गरेका थिए । तर उनी भने अन्तिम ३ मा समेत परिनन् । सहभागिहरुले आयोजक पक्षले बिजेता भनिएकी रुजुलाई ‘मिस दमक’ हुदै मिस पुर्वाञ्चल सम्म पुर्याउने तयारी पहिलाबाटै गरीरहेको खुलासा समेत गरेका छन् । प्रतियोगिताको तयारीका क्रममा भेडेटार लगिएका बेलानै आयोजकले तयारि गरेको प्रतिस्प्रधीहरुको दाबि छ । एक सहभागिले भनिन् ‘तिमी तयारी गर हामी मिस् पुर्वाञ्चल सम्म ल्याउन भुमिका खेल्ने छौ’ अन्तिम प्रतिष्पर्धामा सोधिने प्रश्न पहिला नै रुजुलाई दिएर तयारी गराईएको जिकीर गर्दै अर्की सहभागिले भनिन्‘ हामी सँगै भएको बेला पटक– पटक प्रश्नको तयारी गर्नु है भनेर आयोजकहरुले रुजुलाई भन्ने गरेका थिए,त्यति बेला हामीले वुझ्न सकेनौ तर आज सवै क्लियर भयो’।विजेता रुजुको प्रतियोगिताको तयारीका क्रममा पनि सवैभन्दा कमजोर प्रस्तुति रहने गरेको र नियमित सहभागि समेत नबनेको सहभागिहरुले बताएका छन् । आकर्षक शरीर र उचाई का कारण रुजुलाई मिस पुर्वाञ्चलमा सहभागि बनाउन कै लागि क्षमता भएकालाई योजनाबद्द रुपमा पछि पार्दै बिजेता घोषणा गरीएको उनीहरुले आरोप लगाएका छन् । प्रतियोगितामा सहभागि स्वस्तीका न्यौपानेले सामाजिक संजाल फेसबुकमा  स्टाटस लेखेर आयोजकले फिक्सिङ गरेको दावी गरेकी छन् । फिक्सिङ गरियो भनेर भन्दा पराजीत बनेपछि आक्षेप लगाएको आयोजकले बताउने भन्दै एक सहभागिले भनिन् ‘हामी खुला रुपमा चुनौति दिन्छौ,स्वतन्त्र निर्णायक राखेर फेरि हामी बिच प्रतिष्पर्धा गराईयोस उनि टप टेन भित्र पनि पर्न सक्दिनन् ’। फष्ट रनर अप सोयाश्री वज्राचार्य सोही प्रतियोगिताकि कोरीयोग्राफर एवं मिस पुर्वाञ्चलकि रनर अप प्रमिसा वज्राचार्यकी नातेदार हुन् भने सेकेन्ड रनर अप मेलिना विक भोटीङ राउण्डमा बढि मत पार्उनेमा पर्छिन। बाँकि प्रतियोगिले सोयाश्री र मेलिना क्षमता र प्रस्तुतीकै कारण रनर अप बन्न सफल भएको बताउँदै बिजेता घोषणा चाँही पुर्व तयारी सहितको ‘फिक्सिङ’ भएको दाबि गरेका छन् । विजेता घोषणालाई लिएर विवाद देखिएपछि आयोजकले यो समाचार तयार पार्दा सम्म पनि अन्तिम प्रतिस्प्रधा सम्बन्धि कुनै पनि सामाग्री आफ्नो आधिकारीक फेसवुक पेजमा राखेको छैन ।उता बिजेता रुजु ढकाल भने आफुमाथि लगाईएका आरोपमा कुनै सत्यता नभएको वताउँछिन् ।‘भेडेटार जाँदा मिस पुर्बाञ्चल को कुरा चै उठेको थियो,उहाँहरुले मेरो क्षमता देखेरै भन्नु भा होला’ रुबिले भनिन् ‘साथीहरुले मेरो किन आरिस गरेका होलान्,म छक्क परिरहेकी छु ।’ भेडेटार जादा कस्ले भनेको हो तपाईलाई भन्ने जिज्ञासामा उनले भनिन् ‘उहाँको चै नाम थाहा भएन’ ।आफु मेहनत गरेरनै सफल भएको उनको दाबि छ । उता आयोजक एडलिंक एडभरटाईजिङका निर्देशक राजु कडरियाले भने ‘फिक्सीङ’भएको कुरा हारे पछिको आक्रोश भएको बताए । हामीले ‘फिक्सीङ’ गरेका छैनौ,जे आयो त्यो नै फियर हो उनले भने । सार्बजनिक गरिएको नतिजाप्रति निर्णायकहरु ीबच मत बाझिएको बिषयमा भने कडरियाले आफुलई त्यो बिषयमा जानकारी नभएको बताए । आयोजकले  ४१ जना सहभागिहरुबाट सात हजार प्रति ब्यक्तिका दरले पैसा समेत उठाएको थियो । एडभटाईजीङ एजेन्सिले मिस दमक गराउने भने देखिनै आलोचना सुरु भएको थियो ।