काठमाडौँ / नवौँ गणतन्त्र दिवसका उपलक्ष्यमा प्रधानमन्त्री ११ र मुख्यसचिव ११ बीच मैत्रीपूर्ण फुटबल खेल भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भर्खरै सम्पन्न खेलमा मुख्य सचिवको टोलीले प्रधानमन्त्रीको टोलीलाई ३–२ गोलअन्तरले पराजित ग¥यो ।
खेल २–२ को बराबरीका अवस्थामा अन्तिम समयमा पाएको प्यानल्टी किक प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहार गरे । तर उनले प्रहार गरेको बल विपक्षी टोलीका गोलकिपरले बचाएपछि प्रधानमन्त्री टोली बराबरी गर्नबाट चुक्यो ।
यसअघि मुख्यसचिव टोलीका तर्फबाट सिँचाइ मन्त्रालयका सचिव अनुपकु13265946_10207369408008442_1794723214163489931_n 13267888_10207369409888489_8429206658153338124_n 13322127_10207369204203347_6213759551420469309_n 13265946_10207369408008442_1794723214163489931_n   मार उपाध्यायले २ तथा लोकसेवा आयोगका सचिव माधवप्रसाद रेग्मीले १ गोल गरेका थिए । त्यस्तै प्रधानमन्त्री टोलीकातर्फबाट कानुन न्याय तथा संंसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल र श्रम तथा रोजगारमन्त्री दीपक बोहोराले १÷१ गोल गरे पनि जितका लागि पर्याप्त भएन ।13267888_10207369409888489_8429206658153338124_n
प्रधानमन्त्री ११ टोलीमा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्रीद्वय भीमबहादुर रावल, टोपबहादुर रायमाझी, मन्त्री शक्तिबहादुर बस्नेत, एकनाथ ढकाल, सत्यनारायण मण्डल, सोमप्रसाद पाण्डेय, शेरधन राई, गणेशमान पुनलगायत थिए ।
त्यसैगरी मुख्यसचिव ११ टोलीमा मुख्यसचिव डा सोमलाल सुवेदीसहित, स13307445_10207369202843313_6981959303671043755_nचिवहरु चन्द्रकुमार घिमिरे, टङ्कमणि शर्मा, सूर्यप्रसाद सिलवाल, नारायणगोपाल मलेगो, लक्ष्मणप्रसाद मैनाली, प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठ आदि थिए ।
झन्डै पूरै समय मैदानमा बिताउनुभएका प्रधानमन्त्री ओलीले मैत्रीपूर्ण भएकाले हारजितले महत्व नराखेको बताउनुभयो । उहाँले भन्नुभयो, “खेल रमाइलो भयो, यसले नेतृत्व गर्न सिकायो, स्वस्थ रहन सिकायो, मुख्य कुरा गणतन्त्र दिवस मनाइयो ।”
मुख्यसचिव डा सुवेदीको भनाइ पनि उस्तै थियो, “हामीले जित्यौँ तर 13315441_10207369204883364_8236966216796410343_nयो हारजितका लागि थिएन गणतन्त्र दिवसका लागि थियो ।” रासस