रुघासँग अपरिचित मानिस यो संसारमा कमै मात्र होला । रुघाखोकी नलाग्ने मान्छे यो संसारमा बिरलै भेटाउन सकिन्छ । शायदै त्यस्तो व्यक्ति होला जसलाई जिन्दगीको कुनै कुनै बेला रुघा नलागेको होस् । रुघाको लागि झण्डै २ सय प्रकारका जीवाणु (भाइरस) जिम्मेवार हुन्छन् । घरमा एकजनालाई वा स्कुलको कक्षामा एक विद्यार्थीलाई रुघा लाग्यो भने उसले हाच्छ्यूँ गर्दा उडेका स–साना जीवाणुहरु स्वस्थ मानिसको शरीरमा पसेपछि रुघा लाग्ने सम्भावना हुन्छ । त्यसपछि पनि प्रतिरोधात्मक शक्ति कम भएको, थाकेको, नखाएको बेलामा रुघा लाग्ने बढी सम्भावना हुन्छ ।
रुघा लागेको व्यक्ति भएको कोठाका भ्mयालढोका लगाएर बस्दा जीवाणुहरु त्यहिँ रहन्छन् र रोग कोठामा बस्ने सबैलाई सर्छ । कहिले कुनै त कहिले कुनै प्रकारको जीवाणुको कारणले रुघा पैmलिने भएकोले यसको विरुद्धमा खोप तयार पार्न पनि गाह्रो छ । संसारका सबैलाई कुनै न कुनै बेला यो रोगले समातेकै हुन्छ । रुघा लागेपछि कतिले एन्टिवायोटिक खान्छन्, कतिले विज्ञापनमा देखाएजस्तो चक्की खान्छन् । तर रुघा वास्तवमै एकैचोटी चाहिँ निको हुँदैन । यो समस्या नहोस् भन्नको लागि केही रक्षात्मक उपाय अपनाउन सकिन्छ र समस्या भइसकेपछि पनि केही साधारण उपाय अपनाउन सकिन्छ ।
भिटामिन सीः अमला, कागतीजस्ता भिटामीन सी भएका भोजनको प्रयोग र मौसमी फलफूलहरुको प्रयोगले शरीरमा भिटामिन सी को आपूर्ति हुन सक्छ । कति जनाले भिटामिन सीको ट्याब्लेट खायो भने रुघाखोकी नै हुँदैन भनेर पनि दाबी गर्छन् । यसको पछाडि ठोकुवा गरेर भन्न सकिने कुनै वैज्ञानिक आधार फेला परेको छैन ।
आराम र पानी ः रुघा लाग्नुभन्दा अघि धेरैजना नाक र घाँटीमा के–के भए जस्तो, बालुवा रहेको जस्तो, खसखस भए जस्तो हुन्छ भन्ने गर्छन् । यस्तो किसिमको अनुभव हुने बित्तिकै आराम गरेर पर्याप्त मात्रामा पानी (विशेष गरी कागती हालेर) पिउनु पर्छ । पानीको पर्याप्त प्रयोगले जीवाणुहरु पिसाबबाट चाँडै बाहिर निस्कन्छन् ।
पानी मात्र पिउन मन नलागे तरकारीको तातो सुप पर्याप्त मात्रामा पिउनुपर्छ । रुघा लाग्दा प्रायः खानामा रुचि घट्ने हुनाले सुपको प्रयोगले शरीरलाई चाहिने केही पोषण तत्व पनि दिन्छ । सकिन्छ भने यस्तो बेलामा काम छोडेर आराम गर्नु उत्तम हुन्छ । यदि सम्भव भएन भने कम से कम शारीरिक रुपमा धेरै थाक्ने काम नगर्नु बेस हुन्छ ।
नुन–पानीले कुल्ला ः घाँटीमा खसखस भएको बेलामा मनतातो पानीमा नुन हालेर घाँटीमा गारगल (कुल्ला) गरेमा दुखाइ निकै कम हुन्छ । सम्भव भए दिनमा ५–६ चोटी, त्यो नभए दुखेको र थुक निल्न गाह्रो भएको बेलाचाहिँ कुल्ला गरी हाल्नुपर्छ । यसले घाँटीको दुखाई र संक्रमण पनि कम गर्छ । घाँटीमा कुल्ला गर्दा अलिकति ज्वानो पानीमा हालेर कुल्ला गर्दा पनि फाइदा गर्छ ।
मह र कागती ः घाँटी दुखेको बेला मनतातो पानीमा मह र कागती मिसाएर पिउनाले ३ वटा काम एकैचोटी हुन्छ । शरीरलाई पानी पुग्छ, कागतीले भिटामिन सी दिन्छ । महले केही मात्रामा क्यालोरी दिन्छ र घाँटीको दुखाई पनि केही कम गर्छ । धेरै जसोले यसमा अदुवाको टुक्रा पनि हाल्छन् । अदुवालाई पानीसँग भिन्ने काँढा बनाएर पनि प्रयोग गर्न सकिन्छ ।
सम्भव भएमा त पूरा जीउ नै तातो पानीको वाफमा राख्न सके वा तातो पानीमा बस्न सके शरीरले आनन्द पाउने मात्र होइन शरीरमा रुघा लाग्दा सुक्ष्म जीवाणुहरुको विषको कारणले दुखेको मांसपेशीलाई पनि धेरै फाइदा हुन्छ । तर पानी उमालेर कुनै भाँडोमाथि राखी त्यस भाँडोमाथि टाउको राखेर कुनै बाक्लो कपडाले टाउको छोपेर वाफ लिन चाहिँ सकिन्छ । पानीमा कति जनाले नुन पनि हाल्छन् । यसरी वाफ लिँदा नाक खुलेर सास लिन सजिलो हुन्छ । घाँटी दुखेको र अलि–अलि छाती दुखेको पनि निको हुन्छ ।
औषधीः रुघा लाग्दा प्रयोग गर्ने खासै औषधी त छैन । तर टाउको दुखेको, जीउ दुखेको, ज्वरो आएको कम गर्न सिटामोल जस्ता औषधीहरु प्रयोग गर्न सकिन्छ । रुघा एलर्जीका कारण पनि हुने भएकाले चिकित्सकको सल्लाहमा एलर्जीको औषधी खाँदा पनि बेस हुन सक्दछ । यसले आराम पु¥याएर राम्ररी सुत्न सकियो भने पनि भोलिपल्ट जीउलाई धेरै आराम हुन्छ ।
घरेलु औषधीः तुलसीको पात र दानालाई २–३ गिलास पानीमा आधा सुक्ने गरी उमाली पिउनाले धेरै फाइदा गर्छ । आजकल त तुलसीको चिया नै पनि बजारमा आउन थालेका छ । आप्mनो घरमा तुलसीको बोट छ भने त्यहि प्रयोग गर्दा पनि राम्रो हुन्छ ।