ताप्लेजुङ / ताप्लेजुङको ईखाबू गाविसमा रहेको स्वास्थ्यचौकीका कर्मचारीले असुरक्षित भएको भन्दै कार्यालय छाडेर हिँडेपछि सो क्षेत्रमा मङ्गलबारदेखि सञ्चालन हुने जापानिज इन्सेफ्लाईटिस विरुद्धको खोप अभियान कार्यक्रम प्रभावित हुने भएको छ ।
गत जेठ ८ गते स्वास्थ्यचौकीमा कार्यालय सहयोगी नियुक्ति गर्ने लगायतका विषयमा स्थानीय र स्वास्थ्यकर्मीबीच विवाद भएको र सोही दिन राति कार्यालयमा तोडफोड भएपछि असुरक्षित भएको भन्दै त्यहाँका कर्मचारी सदरमुकाम फुङ्लिङमा आएपछि खोप कार्यक्रमनै प्रभावित हुने भएको हो ।
विवाद र तोडफोडको खबर पाएको प्रहरीले सुरक्षा दिन्छौं भन्दाभ53c8ab27ee15fन्दै पनि त्यहाँका कर्मचारीले कार्यालय छाडेर निस्किएको प्रहरीको भनाइ छ । ताप्लेजुङका प्रहरी प्रमुख तथा डिएसपी रामबहादुर केसीका अनुसार तोडफोडमा संलग्नको खोजी भइरहेको छ ।
यता जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मङ्गगबारदेखि शुरु हुने सो क्षेत्रको खोप कार्यक्रमका लागि तापेथोकका स्वास्थ्यकर्मी खटाइने तयारी भएपनि टोलटोलमा पुगेर सधैँजस्तो खोप लगाउन नसकिने अवस्था सृजना भएको छ । यसअघि जिल्लाको क्षेत्र नम्बर १ मा सम्पन्न भएको उक्त खोप अभियान मङ्गलबारदेखि क्षेत्र नम्बर २ मा सञ्चालन गर्ने कार्ययोजना छ ।