पाँचकन्या/ उदयपुरको गाईघाटमा सम्पन्न पहिलो राष्ट्रिय याकिङ तथा चौथो पूर्वाञ्चल ब्याडमिन्टन प्रतियोगितामा पुरुष डबल्सतर्फ धरान–१३ स्थित पूर्व क्षेत्रीय प्रहरी बहुउद्देश्यीय भवनका सूर्य श्रेष्ठ र सुजन श्रेष्ठको जोडी पहिलो हुँदै स्वर्णपदक जित्न सफल भएका छन् ।  यस्तै, पुरुष सिङ्गतर्फ सशस्त्र प्रहरी बल काठमाडौंका सुदीप सेढाइँ र पहिलो बने ।
जेठ १५, १६ र १७ गते सम्पन्न प्रतियोगितामा पुरुष डबल्सतर्फ श्रेष्ठद्वयको जोडीले सोझो सेटमै पराजित भएपछि खोटाङका जीवन आचार्य र अभिषेक गुरुङको जोडीले दोस्रो स्थानमै चित्त बुझाए । सेढाइँले नेपाली पुलिस क्लबका विष्णु कटुवाललाई सोझो सेटमा पराजित गरेका थिए।khel picसुनसरी कै थमन गुरुङ र प्रकाश लिम्बूको जोडी तथा रविन साउदेन र विशाल खड्काको जोडी तेस्रो बन्यो ।
सेढाइँले २५ हजार नगद हात पारे । भेट्रान डबल्सतर्फ मोरङका नवराज लाल र जीवन बोगटीको जोडी पहिलो, ढकबहादुर अधिकारी र तेह्रथुमका रोज थापाको जोडी दोस्रो र सुनसरीका लक्ष्मण हुमागाई र राजन आचार्यको जोडी तथा धरानका गणेश राई र खोटाङका दीक राईको जोडी तेस्रो बन्यो । महिलातर्फ खोटाङकी सुजाता राई पहिलो र सुनसरीकी सीता राई दोस्रो र सुनसरीकी धनमाया योङहाङ, उदयपुरकी रामकुमारी राईको जोडी तेस्रो बनेको थियो ।
आयोजक जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष महेन्द्र राईका अनुसार उनीहरुलाई नगद पुरस्कारसहित शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथि नेपाल ब्याडमिन्टन संघका केन्द्रीय अध्यक्ष रामजीबहादुर श्रेष्ठ, एलडिओ पिताम्बर अधिकारी, एसपी नरबहादुर केसी, त्रियुगा नगरपालिकाका कार्यकारी अधिकृत खड्गबहादुर कार्कीलगायतले पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।