firtaसुन्दापनि अचम्म । श्रीमती भर्जिन (कुमारी) नभएको भन्दै एक पुरुषले बिबाह भएको ४८ घण्टामै श्रीमतीसँग समन्ध तोडेका छन् । सुहागरातका दिन अच्छ्याएको कपडामा रगतको टाटा नदेखिएपछि भारतको महाराष्ट्र राज्यका एक पुरुषले पञ्चायत राखेरै श्रीमती छाडेका हुन् । महाराष्ट्रको नासिकमा भजिैनिटी टेस्टमा पत्नी फेल भएपछि एक व्यक्तिले बिहेको ४८ घन्टामै सम्बन्ध तोडेको समाचारले अहिले सिंगो भारत तातेको छ । भारत जस्तो आफुलाई बिकशित र शिक्षित दाबि गर्ने देशमा यस्तो अन्धबिश्वास देखिनु दुर्भाग्य भएको भारतीय समाजशास्त्रिहरुले बताएका छन् र। पत्नीको भर्जि्निटीमाथि शंका भएपछि ती व्यक्तिले पञ्चायतमार्फत परीक्षण गराएका थिए । यो टेस्टमा फेल भएलगत्तै ती व्यक्तिले नवविवाहित पत्नीसँगको सम्बन्ध तोडेका हुन् ।  
ती पतिले आफूले पत्नीको भर्जि्निटी परीक्षण गरेको प्रमाणसमेत गाउँ पञ्चायतमा बुझाएका थिए । उनले सुन्दै अनौठो लाग्ने सबुत प्रमाण पञ्चायतमा पेश गरेपछि नवविवाहित पत्नीलाई छाडिदिएका हुन् ।  
ती पतिले भर्जिनिटी टेस्टमा पत्नी फेल भएको प्रमाणस्वरुप सुहागरातका दिन पत्नीसँगै सुतेको तन्नासमेत पञ्चायतमा पेश गरेका थिए ।
पत्नीसँग बिहेको पहिलो रात सुतेको ओछ्यानको तन्नालाई हेरेर सोही आधारमा पञ्चायतले ती युवालाई पत्नीसँग सम्बन्ध तोड्न अनुमति दिएको थियो ।
सामाजिक कार्यकर्ता रञ्जना गावान्डे र कृष्णा चन्दगुडेलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार जुन युवतीसँग सम्बन्ध तोडिएको छ उनी प्रहरीमा भर्ती हुने तयारीमा थिइन् ।  
प्रहरीमा भर्ती हुनका लागि उनले निरन्तर लामो दौड, साइकल चलाउनुका साथै अन्य कठिन शारीरिक अभ्यास पनि गरिरहेकी थिइन् ।
ती युवतीले पञ्चतायतको यस निर्णयपछि आफू न्यायका लागि न्यायलयमा जाने बताएकी छन् । उनले अन्धविश्वास र भ्रममा परेको पञ्चायतको निर्णयलाई आफूले चुनौती दिने बताएकी छन् । चिकित्सकहरुले भर्जिंनिटी यौन सम्बन्ध मात्र नभई एक्ससाईज गर्दा,साईकल कुदाउदापनि तोडिने बताउदै आएका छन् ।