baraha

पाँचकन्या/ धरानस्थित प्रतिष्ठित व्यापारिक संस्था बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिले दुईवटा माइक्रोबस (इन्द्र–बराह ट्राभल्स एण्ड टुर्स) सञ्चालनमा ल्याएको छ ।  
आनन्ददायक यात्रा दिलाउन सकौं भनेर थप दुईवटा बस सञ्चालनमा ल्याएको शाखा प्रमुख मानबहादुर विश्वकर्मा (दियाली)ले जानकारी दिए । ७ देखि ८ घण्टासम्ममा धरान–सिन्धुली हुँदै काठमाडौं पु¥याउन जापानिज टोयाटा हायेसमार्फत् आरामदायी फोल्डिङ सिट भएको दिवा सेवा सञ्चालनमा ल्याएको उनले बताए ।
‘एसी, एलइडी, वाइफाइको सुविधा भएको बस सेवा पर्यटक र हाम्रा लगानीकर्ता, सर्वसाधारणहरुलाई सेवा दिन र आनन्ददायक यात्रा दिलाउन सकौं भनेर २ वटा बस शुरु गरेका हौं’, सञ्चालक समितिकी विष्णुमाया लामिछानेले भनिन् । यो बस सेवा बिहीबारदेखि सुुरु भएको छ । धरान आउने पर्यटकहरुलाई छिटोछरितो ढङ्गले आरामदायी, सुविधायुक्त बस यात्रा होस भन्ने उद्देश्यले सेवा सुरु गरेको प्रशासकीय अधिकृत गंगा कालिकोटेले जानकारी दिए । काठमाडौंका बसधनीहरुले यसअघि सिन्धुली हुँदै यस्ता बससेवा सञ्चालनमा ल्याएका थिए । पूर्वमै पहिलोपटक बराहले यस्तो बस सेवा लञ्च गरेको हो ।
केही वर्Èअघि धरानबाटै बराहले ६ वटा रात्रीबस ‘इन्द्र–बराह डिलक्स’ बस सेवा सञ्चालनमा ल्याइसकेको छ । इन्द्र–बराह डिलक्समा एसी, पंखा, लचकतार र आरामदायी सिट लगाएर सुविधाजनक बनाएको शाखा प्रबन्धक दियालीले बताए । उनले यो सबै यात्रुका सुविधाको लागि गरिएको जानकारी दिए । अहिले इन्द्र–बराहका ६ वटा रात्रीबस काठमाडौं आउजाउ गर्छन् भने एउटा धरान–विराटनगर चल्छ ।
अहिले एसी र डिलक्स सेवाका बस चल्न थालेपछि यात्रुले भरपुर सुविधा पाउन थालेको शाखा प्रमुख दियालीले बताए । अरु साधारण बसमा भन्दा भाडा केही महङ्गो भएपनि यात्रा अवधिभर यात्रुले आराम र सुविधाको महसुस गर्न पाउँछन् । ‘इन्टरनेट चलाउन मिल्ने मोबाइल छ र साथमा ल्यापटप पनि बोक्नुभएको छ भने तपाईं बसमा यात्रा गरेकै बेला निःशुल्क इमेल–इन्टरनेट चलाउन सक्नुहुन्छ । ‘हामीले इन्द्र–बराह डिलक्स बस सेवा सुरुवात गरेदेखि नै यो सेवा सुरु गरेका हौं’, बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिका शाखा प्रबन्धक मानबहादुर दियालीले भने, ‘यसको साथै सिसी क्यामेरा सस्पेन्सर, एलसिडीको पनि व्यवस्था गरेका छौं ।’ अहिले पूर्वका लामो दूरी चल्ने ५० भन्दा धेरै रात्री बसमा यो सुविधा छ, अरु बसमा पनि विस्तार हुँदैछ । नेपाल टेलिकम र एनसेलको इन्टरनेट सेवाबाट बसमा निःशुल्क वाईफाई सेवा उपलव्ध गराइएको हो । टेलिकम र एनसेलको सिग्नल आउने ठाउँमा बसभित्रै वाईफाई इन्टरनेट चलाउन सकिन्छ ।