
धरान/रोजगारीको सिलसिलामा कतार पुगेका तीन जना नेपालीको शुक्रबार सवारी दुर्घटनामा परि ज्यान गएको प्रतक्ष्यदर्शी रबिन खड्काले जानकारी दिएका छन् । छ जना गम्भिर घाईते भएका छन् ।कतारको अलखोरमा भएको सवारी दुर्घटनाका घाईते नेपालीहरुको हेलिकप्टरबाट उद्धार गरिएकोछ ।
दुर्घटना स्थल राजधानी दोहाबाट करिब ८० किलोमिटर उत्तर पश्चिममा पर्छ ।समाचार एजेन्सीहरुले जनाए अनुसार नेपाली कामदारहरु चडेको गाडिमा बिपरीत दिशाबाट तिब्र गतिमा आएको मालबाहक गाडि ठोक्किएको थियो । मृतक तथा घाईतेहरुको बिबरण आउन बाकी रहेको छ ।
।स्थानीय समयअनुसार विहान ७ बजेर ५० मिनेट जादा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परी अन्य ६ जना गम्भीर घाइते भएका छन् । सवारी दुर्घटना गराउने चालकलाई कतार प्रहरीले नियन्त्रणमा लिई सकेको जनाईएको छ ।