गाईघाट/ जिल्ला अस्पताल उदयपुरमा बिहीबार बेलुकी शल्यक्रिया गर्न लागिएकी एक सुत्केरी महिलाको हृदयाघातका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–३ पुरानो गाईघाटस्थित सोनापुर बस्ने २९ वर्षीया जानुका विक रहेको जिल्ला अस्पताल उदयपुरले बताएको छ ।
बिरामीलाई सुत्केरी व्यथा लागेर अस्पताल ल्याएपछि श्ययामा शल्यक्रियाका लागि तयारी गर्नै लाग्दा हृदयाघात भई मृत्यु भएको जिल्ला अस्पताल उदयपुरका प्रमुख डा विष्णु
बहादुर बस्नेतले जानकारी दिए । रासस
शल्यक्रिया गर्न लागिएकी सुत्केरीको मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































