धरान /स्वास्थ्य उपचार समन्धि अन्तराष्ट्रिय कानुन, चिकित्सकिय धर्म बिपरित काम गर्नु अपराध हो । तर नेपालका केहि चिकित्सकलाई चिकित्सकीय धर्म र कानुनलाई धज्जीमात्र उडाएका छैनन मानब स्वास्थ्यमाथि खेलबाड गरेर गम्भिर अपराध गर्न तल्लीन भएको पाईएको छ । नेपाल प्रहरीले चलाएका नक्कली चिकित्सकविरुद्ध अपरेसन ले धमाधम समात्न थालेको छ । प्रहरीले तराईका जिल्लाबाट एकैदिन दुई दर्जनभन्दा धेरै चिकित्सक पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले तराईका पर्सा, मोरङ, चितवन, झापालगायतका जिल्लामा अपरेसन चलाएर दुई दर्जनभन्दा बढी नक्कली चिकित्सक पक्राउ गरेको हो । भारतबाट ल्याएको प्रमाणपत्रका आधारमा एमबिबिएस अध्ययन गरेको अनुसन्धानबाट खुलेको छ। विराटनगरका नाम चलेका अस्पतालमा कार्यरत चिकित्सकहरू नै नक्कली भएको रहस्य खुलेको छ। शुक्रबार विराटनगरका तीनजना चर्चित चिकित्सक पक्राउ परेपछि यो रहस्य खुलेको हो, नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । सिआइबी टोलीले विराटनगरको लाइफगार्ड अस्पतालबाट फिजिसियन डा. जावेद अख्तर, कोसी अञ्चल अस्पतालका पूर्व वरिष्ठ बालरोग विशेषज्ञ डा. सञ्जयकुमार दास र निजी क्लिनिक सञ्चालन गर्दै आएका डा. अमिर कलामलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताए । यसअघि कोसी अञ्चल अस्पतालबाट तुलसीकुमार महतो र गोल्डेन अस्पतालबाट कमरुल हक पक्राउ परेका थिए । विराटनगरको गोल्डेन, लाइफगार्ड निजीस्तरका नाम चलेका अस्पताल हुन् । कोसी क्षेत्रीयस्तरको सरकारी अस्पताल हो । एसएलसी अध्ययन गरेका पनि डाक्टर सिआइबीले पक्राउ गरेका नक्कली डाक्टरहरू धेरैजसो भारतीय कलेजबाट नक्कली प्रमाणपत्र लिएकाहरू छन् । उनीहरूमध्ये प्रायस्ले प्रमाणपत्र तह र केहीले एसएलसीसम्म मात्र पढेको पाइएको छ । नाम चलेका अस्पतालमा किर्ते सर्टि्फिकेटका आधारमा आफूलाई ‘नामी’ डाक्टर बताएर बिरामीको उपचारमा शोषण भइरहेको सूचना प्राप्त भएपछि नक्कली डाक्टर पक्राउ अभियान थालेको सिआइबीका डिआइजी नवराज सिलवालले बताए । सिआइबीले नक्कली डाक्टरहरू पक्राउ गर्न नेपाल मेडिकल काउन्सिल र उच्च माविको सहयोग लिइरहेको छ ।