एजेन्सी/कोपा अमेरिकामा साविक उपविजेता अर्जेन्टिनाले भेनेजुएलामाथि सानदार जित दर्ता गर्दै अन्तिम चारमा प्रवेश गरेको छ ।
आइतबार बिहानैको खेलमा भेनेजुएलालाई ४–१ गोल अन्तरले पराजित गर्दा कप्तान लियोनल मेसीले ग्राबियल बाटिस्टुटाको ५४ अन्तर्राष्ट्रिय गोललाई बराबरी गर्न सफल भए । जिलेटी रंगशालामा भएको खेलमा ८ र २८औं मिनेटमा गोल गर्दै गोन्जालेज हिग्विनले जितलाई सहज बनाउन भूमिका खेले ।
पहिलो हाफमा भएको दुई गोललाई दोस्रो हाफमा पुनः दुई गोल थप्दै जितमा कुनै संकट उत्पन्न भएन् । त्यसो त खेलको ४३ औं मिनेटमा पनि पेनाल्टीमार्फत् गोल गर्ने अवसर अर्जेन्टिनाले प्राप्त गरेको थियो । त्यो गोलबाट चुक्दा खेलको ६० औं मिनेटमा मेस्सीले टिमलाई ३–० को अग्रता दिलाए । खेलको ७०औं मिनेटमा गोल गर्दै भेनेजुएलाका रोन्डनले खेल ३(१ को अवस्थामा पुर्याएका थिए।
[caption id="attachment_4209" align="alignnone" width="700"]
(AP Photo/Jeff Chiu)[/caption]
एक मिनेट नबित्दै लमेलाको गोलले अर्जेन्टिनाको अग्रता ४(१ पुर्याउँदै सेमिफाइलनमा अमेरिकासँग भेट पक्का गरेको छ । अमेरिकाले इक्वेडरलाई हराएर यस अघि नै सेमिफाइनलमा पुगिसकेको छ ।
त्यस्तै आइतबारै भएको अर्को खेलमा डिफेण्डिङ च्याम्पियन चिलीले मेक्सिकोलाई भारी गोल अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको छ । उसको भेट कोलम्बियासँग हुँदै छ । मेक्सिकोलाई ७–० गोल अन्तरले हराउँदै कोपा अमेरिकामा चिलीले नयाँ रेकर्ड कायम गरेको छ भने मेक्सिकोको इतिहासमै पहिलो पटक यतिधेरै गोल खाने देशसमेत बनेको छ ।
चिलीको लागि एड्युआर्डो भार्गसले एक्लै चार गोल गरेका थिए । एडसन पुचले २ गोल, एलेक्सिस सान्चेजले एक गोल गर्दै मेक्सिकोमाथि हावी बनेको थियो ।