२०१६ कोपा अमेरिका धरान / कोपा अमेरिकामा २०१५ को पुनरागमनको अनुभव विश्वका दर्शकले गर्न पाएका छन् । बिहीबार बिहानैको खेलमा चिलीले कोलम्बियालाई २–० गोल अन्तरले हराउँदै फाइलन पुगेपछि २०१५ को फाइनलको पुनरागमन चिलीले गरेको छ । खेलमा पहिलोपटक भेट भएको अर्जेन्टिना यस अघि नै अमेरिकालाई ४–० गोल अन्तरले हराउँदै फाइलनमा पुगिसकेको छ । यि दुईको भेट २०१५ को फाइलनमासमेत भएको थियो । जहाँ अर्जेन्टिनालाई चिलीले हराउँदै कोपा अमेरिकाको उपाधि जितेको थियो । chile तर, यसवर्षको पहिलो भेटमा अर्जेन्टिनाले गतवर्षको हारको बदलासमेत चुकाउन सफल बनेको थियो । जहाँ चिलीलाई २–१ गोल अन्तरले हराउन सफल भएको थियो । आज बिहानको खेलमा जेम्स रोड्रिग्वेज भएको कोलम्बियालाई हराउँन चिलीलाई खासै अप्ठेरो परेन । खेलको पहिलो हाफमै चिलीले दुबै गोल कोलम्बियाको लागि गरेको थियो । अर्जेन्टिना र चिलीको भेट दोहोरो ऐतिहासिक हुँदै छ । जसमा चिलीले पुनरागमन गर्ने हो या अर्जेन्टिनाले आफ्नो बर्चश्व देखाउने हो त्यो भने फाइलन कुर्नु पर्ने छ । तर, अर्जेन्टिनाका मेसीलाई यसपटकको चुनौति पूरा गर्ने लक्ष्य सामू छ । किनकी उनले ग्राबियल बाटिस्टुटाको ५४ औं अन्तर्राष्ट्रिय गोलको इतिहासलाई पनि तोडेका छन् ।