धरान/युरो कपको एफ समूहमा रहेको पोर्चुगलले समूहमा सबैभन्दा कमजोर प्रदर्शन गरे पनि अन्तिम १६ मा पुग्ने मौकालाई कायम राखेको छ । उसको लागि प्रि क्वार्टरमा छिर्ने मौका एकदमै सकसपूर्ण रहेको छ । पहिलो खेल आइसल्याण्डसँग बराबरी गरेको पोर्चुगलले दोस्रो खेल पनि बराबरी गर्दै अंक बाडेको थियो । अष्ट्रियासँगको खेलमा पनि बराबरी खेलेपछि २ पोइन्टका साथ तेस्रो खेल गर या मरको स्थितिमा खेलेको थियो । तर, समूह एफमा विजेता बनेको हंगेरीलाई हराउँनको लागि पोर्चुगिज कप्तान क्रिष्टियानो रोनाल्डो सफल हुन सकेनन् । अन्तिममा बराबरी गर्दै तीन अंकका साथ सकसपूर्ण अन्तिम १६ को यात्रा गर्न सफल बनेको छ । ronaldo अवको भेट क्रोएसियासँग हुँदै छ । अघिल्ला दुई खेलमा निक्कै आलोचित कप्तान रोनाल्डो यो खेलमा भने केही लयमा फर्किएका थिए । जसका कारण हंगेरीलाई बराबरी गर्न सफल भए । नत्र यो खेलमा हारेको भए पोर्चुगल लिग चरणबाटै बाहिरिने टिममा पर्ने थियो । किनकी यस अघिको विश्वकपमासमेत पोर्चुगलको यही हालत भएको थियो । खेलमा हंगेरी र पोर्चुगलले बराबरी ३-३ गोल गरेका थिए । जसमा रोनाल्डोले दुई गोल गर्दा नानीले एक गोल गरेका थिए । त्यस्तै हंगेरीका डयुस्तुइज्सले दुई गोल गर्दा जोल्टान गेराले गोल गरेका थिए ।