धरान/सशस्त्र प्रहरीको सिद्धकाली गण पकली सुनसरीले क्षेत्रीयस्तरको भलिवल प्रतियोगिताको उपाधि जितेको छ । विहीबार भएको फाइनल खेलमा कोशी गुल्मलाई हराउँदै सिद्धकालीले उपाधि उचालेको हो । [caption id="attachment_4632" align="alignleft" width="400"]game तस्विर मिलन बिछोड[/caption] ‘ओलम्पिक डे’ को अवसरमा असार ५ गतेदेखि पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बराहबाहिनी पकली सुनसरीले आयोजना गरेको भलिवल प्रतियोगितामा सशस्त्र प्रहरीको पूर्व क्षेत्र माताहातका १४ वटा टीमका १८२ जना खेलाडी सहभागी भएका थिए । बिजयी खेलाडीहरुलाई सशस्त्र प्रहरीको पूर्व क्षेत्रीय मुख्लालय पकलीका डिआइजी सुरजकुमार श्रेष्ठ, सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेललगायतले प्रमाणपत्र र शिल्ड वितरण गरे । ‘ओलम्पिक डे’ को अवसरमा सशस्त्र प्रहरीले काठमाडौंसँगै पाँचवटै विकास क्षेत्रमा भलिव प्रतियोगिता सुरु भएको हो ।