धरान / युरो कप अन्तर्गत अन्तिम आठको लागि गए राति भएका तीन खेलहरुबाट पोल्याण्ड, वेल्स र पोर्चुगल अन्तिम आठमा प्रवेश गर्ने भाग्यमानी टिमहरु बनेका छन् ।
अन्तिम १६ मा प्रवेश गर्ने यी टिमहरु मध्ये पोल्याण्डले स्वीटजरल्याण्डलाई ट्राइबेकरबाट हराउँदै अन्तिम आठको यात्रा शुनिश्चित गरेको हो । निर्धारि समय र अतिरिक्त समयमा एक–एक गोलको बराबरीमा रोकिएपछि छिनोफानोको लागि ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पोल्याण्ड क्वाटरफाइलनमा छिरेको हो ।
यसअघि खेलमा पोल्याण्डले ३९ औं मिनेटमा अग्रता लिएको थियो । सुरुवातमै गोल गर्ने राम्रो मौका गुमाएको उसका लागि जाकुब ब्लासचिकोस्कीले गोल गरे । दोस्रो हाफदेखि विपक्षीमाथि लगातार आक्रमणको योजना बुनेको स्वीस टिमले खेल सकिन ८ मिनेटमात्र बाँकी छँदा बराबरी गोल फर्कायो । उसका लागि साकिरीले बाइसाइकल किकमार्फत निकै उत्कृष्ट गोल गरे ।
त्यस्तै दोस्रो खेलमा पहिलो पटक युरोमा सहभागीमा वेल्स र उत्तरी आयरल्याण्ड बिचको खेल प्रतिस्पर्धात्मक भए पनि गोरेथ बेलको प्रहारलाई रोक्ने क्रममा सुसाइड गोलले वेल्स विजयी बनेको थियो । उत्तरी आयल्याण्डले पाएको सुनौला अवसरहरुलाई गोल पोष्टको दिशा दिन नसक्दा १–० ले गोलले हार बेहोर्नु परेको हो ।
उत्तरी आयरल्याण्डका ग्यारेथ म्याकोलीले आत्मघाती गोल गरेका थिए । उनले लिग चरणमा दुईवटा आत्मघाती गोल गरेका थिए । १९५८ को विश्वकपपछि पहिलो पटक ठूलो प्रतियोगिता खेलिरहेको वेल्सले अब बेल्जियम र हंगेरीको विजेतासँग अन्तिम ८ मा खेल्नेछ ।
त्यस्तै क्रोएशियालाई अतिरिक्त समयमा १–० गोलले हराउँदै पोर्चुगल अन्तिम आठमा छिरेको हो । पोर्चुगलले अवको खेल पोल्याण्डसँग खेल्ने छ । पोर्चुगलले क्रोएसियालाई हराउनको लागि ११६ औं मिनेट कुर्नु परेको थियो ।
जसमा सब्सिच्युड स्ट्राइकर रिकार्डो क्वारेज्माले पोर्चुगलका हिरो सावित भए । सुपरस्टार क्रिष्टियानो रोनाल्डोको प्रहार क्रोएशियान किपरले क्लियर गरेपछिको रिवाउण्ड बललाई क्वारेज्माले गोललाईनबाट हेड मार्फत जाली चुमाएका थिए ।
सन् २००४ को उपबिजेता पोर्चुगल पछिल्लो चार संस्करणको युरोमा कम्तिमा सेमिफाइनलसम्म पुगेको छ । गत संस्करणमा पनि पोर्चुगल सेमिफाइनलबाट बाहिरिएको थियो ।