धरान / कोपा अमेरिकामा तेस्रो स्थानको लागि आज बिहान भएको खेलबाट कोलम्बियाले अमेरिकालाई १–० गोल अन्तरले हराउँदै तेस्रो स्थान सुरक्षित गरेको छ ।
कोलम्बिया जितको लागि बाका हिरो भए । उनले खेलको ३१ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिएका थिए । त्यही गोल नै निर्णायक बन्न पुग्यो । अमेरिका यस अघि सेमिफाइलनमा अर्जेन्टिानासँग पराजित भएको थियो । जसमा अर्जेन्टिनाले ४–० गोल अन्तरले पराजित गरेको थियो ।
यता कोलम्बियालाई चिलीले २–० गोल अन्तरले हराउँदै फाइलनमा पुगेपछि तेस्रो स्थानको लागि आइतबार बिहान भिडन्त भएको थियो । कोपा अमेरिकाको फाइनल भोली बिहान ५ बजेर ४५ मिनेटमा सुरु हुँदै छ । यस पटक पनि गतवर्षकै साविक विजेता र उपविजेता बिच भिडन्त हुँदै छ ।
अहिलेसम्मको गोल स्कोरलाई आधार मान्ने हो भने फेरि पनि चिलीकै पक्षमा कोपा अमेरिका जाने देखिन्छ भने खेल स्किलको आधारमा र लियोनल मेस्सीको लय हेर्दा यसपटक अर्जेन्टिनाले कोपा उपाधि हात पार्ने सम्भावना छ । तर, उपाधि कस्को पक्षमा जाने भन्ने हेर्न भोली बिहानसम्म पर्खिनु पर्ने छ ।