आइसल्याण्डसँग हार्यो इग्ल्याण्ड धरान । छनौट चरण मै आफूलाई स्थापित गरेर युरो कपको मैदानमा उत्रिएको आइसल्याण्डले इग्ल्याण्डलाई २–१ गोल अन्तरले हराउँदै क्वाटरफाइलनमा छिरेको छ । england पराजयकाे पीडामा इग्ल्याण्डका कप्तान वायन रुनीसहित खेलाडी ।  फुटबलको महारथी इग्ल्याण्डमाथि सेगुएडर्सन र सिगोथर्सन हावी भए । जसका कारण खेलको चार मिनेटमै इग्ल्याण्डका कप्तान वायन रुनीले पेनाल्टीमार्फत् गरेको गोलसमेत महत्वहीन बन्न पुगेको छ । आइसल्याण्डले एक सून्यको स्थिति उल्टाउँदै अन्तिम आठको यात्रा निश्चित गरेको हो । आइसल्याण्डले अब सेमिफाइनल प्रवेशका लागि आयोजक राष्ट्र फ्रान्सको सामना गर्नेछ। डिफेण्डिङ च्याम्पियन स्पेन घर फर्किन बाध्य साविक विजेता स्पेनसँग हारको बदला चुकाउँदै इटाली युरो कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनलाई २–० गोल अन्तरले पराजित गर्दै इटाली गए रातिको खेलबाट अन्तिम आठमा प्रवेश गरेको हो । जितको लागि इटालीका जर्जियो चिलिनी र गाज्रियानो पेलेले गोल गरेका हुन् । सन् २०१२ को युरोमा स्पेनसँगै इटाली ४–० गोल अन्तरले हारेको थियो । उक्त हारको बदलासमेत चुकाएको छ । अवको खेल २०१४ विश्वकप विजेता जर्मनीसँग इटालीको भिडन्त हुँदैछ । यो खेललाई पनि युरोको फाइलन खेलको रुपमा हेरिएको छ । अवको खेल अवको पहिलो खेल असार १६ गते पोर्चुगल र पोल्याण्ड बिच हुँदै छ भने १७ गते वेल्स र बेल्जियम बिच हुँदै छ । त्यस्तै असार १८ गते जर्मनी र इटाली बिच हुँदै छ भने आयोजक फ्रान्स र आइसल्याण्ड बिच क्वाटरफाइलनको अन्तिम स्पर्धा हुँदै छ । सबै खेल नेपाली समय अनुसार रातको १२ः४५ मा हुँदै छ ।