jhagadaदुहबी(सुनसरी) /गाउँको सामान्य घरायसी विवादलाई लिएर एक साता अघिदेखि दुहबी तनावग्रस्त बनेको छ । एक साताअघि सोनापुरका एक दम्पत्तिको छोडपत्र भएपश्चात् केटी पक्षले दाइजोको सामान फिर्ता लैजाने विषयमा शुरु भएको विवादले राजनीतिक रुप लिँदा दुहबी क्षेत्रमा तनाव भएको हो । सोनापुरका यासिन मियाँ र नाजिरा खातुनबीच अदालती प्रक्रियाअनुसार एक साताअघि छोडपत्र भएको थियो । छोडपत्रपछि विवाहमा ल्याएको दाइजो फर्काउने विषयमा भएको सामान्य विवादले हाल दैनिकजसो नारा–जुलुस र दुहबी इलाका प्रहरी कार्यालय घेराउ हँुदैआएको छ । केटी पक्षका आफन्त र केटा पक्षबीच सामान्य विवादका क्रममा केटी पक्षलाई अपमान गरेको भन्दै सोनापुरकै सखिम मियाँले स्थानीयलाई कट्टी प्रहार गरेपछि घटना बढ्दै गएको इलाका प्रहरी कार्यालयले जनाएको छ । आप्mनो भाउजूलाई अपमान गरेको भन्दै सखिमले स्थानीय निसकल मियाँको दायाँ हातको साहिंली औँलामा हतियारले चोट पु¥याएको प्रहरीले जनाएको छ । त्यसपछि भएको विवादले दुहबी क्षेत्रमा दैनिकजसो तनाव भएको हो । निसकलको औँला काटेको भन्दै सोनापुरकै नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ३ का सभापति मेहदी हुसेन लगायतका स्थानीय युवासँग भएको विवादले दुहबी प्रहरी कार्यालयमा तनाव भइरहेको इन्स्पेक्टर शिवकुमार पोखरेले बताए । त्यही विषयलाई लिएर दुबै पक्षले सार्वजनिक मुद्दा दायर हुनुपर्ने माग राख्दैआएको उनले जनाए । सामान्य विवाद भएपनि दुबै पक्षले राजनीतिक रुप दिएको उनको भनाइ थियो । कट्टी प्रहार गर्ने सखिमलाई प्रहरीले पक्राउ गरेपनि विजय गच्छदारसम्मको सोर्स आएपछि उनी छुटेका थिए । छुटेलगत्तै उनी काङ्ग्रेसका नेताहरु विरुद्ध उजुरी हाल्न आएको प्रहरी आपैंm स्वीकार गर्छ । तर यता सखिमले भने आपूm र आप्mनो भाउजूलाई कुटपिट गरेको कारण मेहदी, फिदा हुसेन, मिसरुल मिया र जियाउल हुसेनलाई कार्वाही गर्नुपर्ने माग गर्दैआएका छन् । उनीहरुले कार्वाहीको माग गर्दै बुधबार पनि इलाका प्रहरी कार्यालय र प्रशासनविरुद्ध नारा लगाउँदै पम्प्लेटसहित घेराउ गरेका थिए । सखिम फोरम लोकतान्त्रिकका नेता हुन् । काङ्ग्रेसका नेता मेहदीले भने आपूmमाथि पुरानो रिसईबी साँध्ने काम भएको भन्दै आपत्ति जनाए । ‘मैले आप्mनो समाजमा भएको विवादमा मात्र बोलेको हुँ ।’ सखिमले स्थानीय अग्रजलाई नै कट्टी प्रहार गरेर आतङ्क मच्चाउँदा त्यसो नगर्न भन्दा आपैंmमाथि आइलागेको उनको भनाइ थियो । छोडपत्रपछि सामान लैजाने विषयको सामान्य विवादलाई सखिमले राजनीतिकरण गरेको उनको भनाइ थियो । अहिले दुवै पक्ष दिन बिराउँदै प्रहरीलाई दबाव दिन जाने गरेका छन् । सखिमले भाउजू बिरामी परेको नाटक गरेको प्रहरीले बताएको छ । विवाद हुँदा उनकी भाउजूलाई केही नभएको इन्स्पेक्टर पोखरेलले भने । यता सामान्य घरायसी विवादलाई राजनीतिक रङ्ग दिएर काङ्ग्रेस नेतालाई फसाउने खेलमा लागेको भन्दै   त्यस्तो नगर्न काङ्ग्रेस जिल्ला सभापति राजीव कोइरालाले विज्ञप्तिमार्पmत् अनुरोध गरेका छन् ।