धरान/धरानमा सुनसरी जिल्ला स्तरीय बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।
डायनोमिक युथ क्लबको आयोजनामा भएको प्रतियोगितामा सुनसरीका १० टिमले सहभागी जनाएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा रहेको बास्केटबल कोर्टमा भइरहेको प्रतियोगितामा विजेता हुने टिमले नगद १५ हजार रुपैयासहित ट्रफी, प्रमाण पत्र पाउने छ ।
द्वितीय हुने टिमलाई ९ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ । त्यस्तै मोस्ष्ट म्यालुएबल, अफ कमिङ फ्लोर तथा हाइस्कोररलाई २÷२ हजार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । खेलकुदको माध्यमबाट युवाहरुलाई कुलतमा फस्नबाट जोगाउने अभिप्रायले यो संस्थाले २०१४ सालदेखि राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष लिएको छ ।
संस्थाले म्युजिक, जनचेतनामूलककार्यक्रम, समाजसेवा लगायतका काम गर्दै आएको यस संस्थाले जिल्ला वास्केट बल सुनसरीको सहयोगमा सो प्रतियोगिता आयोजना गरेको हो ।