शरीरका विभिन्न अगंमा हुने कोठीबाट मान्छे कस्तो हुन्छ भन्ने ज्योतिश विज्ञानले बताउदै आएको छ । खासगरी गालामा, ओठमा र परेलीको किनारामा हुने कोठीकाबारेमा त विभिन्न खालका गीत, कथा र कविता पनि सुन्दै र पढ्दै आएका छौ ।
ज्योतिश शास्त्र र विज्ञानका अनुसार तपाइको शरीरमा रहेको कोठीले तपाइको यौन चाहाना र कामुकतामा सिधा सम्बन्ध राख्छ । कुन अङ्गको कुन ठाँउमा कोठी हुदा कति कामुक भइन्छ त ?
अझ कत्तिको त त्यस्तो ठाउमा कोठी हुन्छ जसले गर्दा उनीहरु ज्यादै कामुक बन्न पुग्छन् । र कत्तिले त हैरानी समेत खेप्नुपरेको कुरा पनि बेलाबेलामा सार्वजनिक हुने गरेको छ ।
१. ओठमाथीको कोठीः
यदि तपाइको ओठमा कोठी छ भने तपाइभित्र वासानाको अथाह समुन्द्र भनेर सम्झे हुन्छ । ओठमा कोठी हुनेहरुमा कामदेवले वास गरेको मानिन्छ ।
२. हत्केलाको कोठीः
यदि हत्केलामा कोठी छ भने त्यस्ता व्यक्तिमा शुक्र ग्रहको प्रभाव रहेको हुन्छ । जसको प्रभावका कारण त्यस्ता मानिसहरुमा कामुकता ज्याँदा मात्रामा पाइन्छ र उनीहरु धेरै जनासगँ यौन सम्बन्धमा रहने प्रबल सम्भावाना पनि रहन्छ ।
३. आखाँको दाहिने साईडको कोठीः
आखाँको दाहिने साईडको कोठी भएकाहरुको आखाँमा मायाको
सागर हुन्छ र त्यस्ता व्यक्तिमा कामवासनाको मात्रा पनि अत्याधिक मात्रामा हुन्छ ।
४. गुप्तागंमा भएको कोठीः
गुप्तागंमा कोठी भएकाहरु ज्यादै कामुक हुन्छन् । उनीहरु छोटो समयमै चाडै उत्तेजित हुने खालका हुन्छन् र उनिहरु तत्काल यौन चाहाना पुरा गरी हाल्ने स्वभावका हुन्छन् ।
५. तिघ्रामा भएको कोठीः
यदि तपाइको तिघ्रमा कोठी छ भने त्यो तपाई एकदम कामुक भएको सकेंत हो ।
६. छातिको कोठीः
छातिमा कोठी भएकाहरुलाई आफ्ना प्रेमी अथवा जीवनले एकदमै माया गर्ने सम्भावना रहन्छ । उनीहरु एकअर्कालाइ ज्यादै प्रेम गर्ने खालका हुन्छन् ।
कहाँ कोठी भयो भने शुभ कहाँ भए अशुभ
मानव शरीरमा कोठी प्राकृतिकरुपमा कुनै पनि अंगमा हुन सक्छ । कोठीले मानिसको प्रकृतिको राज लुकेको हुने समुन्द्रशास्त्रीहरु बताउँछन् । हत्केलामा हुने कोठीको विशेष अर्थ हुने यो शास्त्रको भनाइ छ ।
आम मान्यता के छ भने यदि तपाइँको हत्केलामा कोठी छ भने तपाइँ धनवान हुनुहुन्छ । जीवनभर रुपैयाँ पैसा सम्बन्धि समस्या हुँदैन । यस्तो कोठी हुनेले जीवनमा आर्थिक कठिनाइ भोग्नु पर्दैन भन्ने मान्यता समेत छ । यद्यपी समुद्र शाश्त्रका अनुसार यस्तो मान्यता पुरै सही होइन । हत्केलामा भएका कोठी पनि शुभ र अशुभ हुने समुन्द्र शास्त्रको भनाइ छ ।
समुन्द्र शास्त्रका अनुसार हत्केलामा हुने सूर्य पर्वत अर्थात अनामिका औंलोको तल पट्टी कोठी छ भने यसले तपाइँलाई कार्य क्षेत्र वा रोजगारीको क्षेत्रमा कष्ट दिन सक्छ । यस्तो कोठीले रोजगारी प्राप्तिमा समेत असर गर्ने समुन्द्र शास्त्रको भनाइ छ ।
चन्द्र पर्वतमा कोठी हुनु भनेको मन चञ्चल रहने संकेत हो । यसले तपाइँलाई प्रेम मिल्न दिँदैन । विवाहमा समेत समस्या हुन सक्छ ।
कान्छी औंलीको तल्लो भागमा कोठी हुने भनेको धेरै सम्पतिको मालिक हुने संकेत हो । यस्ता ब्यक्तिलाई जीवनमा धेरै जिम्मेवारी आइलाग्छन् ।
माँझी औंलामा कोठी हुनु अशुभ मानिन्छ । यस्ता ब्यक्तिको शनि निचो हुन्छ । यस्तो कोठी हुनेलाई भाग्यले साथ दिँदैन
।
अनामिका औंलामा कोठी हुने भनेको सरकारी क्षेत्रमा लाभ हुने र समाजमा मान यश प्राप्ति हुने संकेत हो । यस्ता ब्यक्ति समृद्ध र धनाड्य हुन्छन् ।
बुढी औंलामा कोठी हुनु मेहनती र न्यायप्रेमी ब्यक्ति हुनुको संकेत मानिन्छ । बुढी औंलाको तल शुक्र पर्वतमा भएको कोठीले भने प्रेम सम्बन्धमा समस्या ल्याउन सक्छ । यस्ता ब्यक्ति कामुक हुन्छन् ।
बायाँ हत्केलामा कोठी हुनु खर्चालु संकेत मानिन्छ । यस्ता ब्यक्तिले पैसा कमाएर जम्मा गर्न सक्दैनन् ।
दायाँ हातको माथिल्लो भागमा कोठी हुने व्यक्ति धनधान्यले सम्पन्न हुन्छन् । (एजेन्सीको सहयोगमा)