धरान/पाँचपटक फिफा बेलुन डि’ओर विजेता लियोनल मेसी जुन महिना भरी दुई कारणले चर्चित बने । एउटा कोपा अमेरिकामा चिलीसँगको फाइनल खेलमा पेनाल्टी चुकाउँदै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएपछि । र, अर्को स्पेनको अदालतले २००७ देखि २००९ सम्म कर छली गरेको अभियोगमा २१ महिना जेल सजाय सुनाएपछि । Messi यि दुई फरक(फरक प्रकृतिका घटना पनि यही जुन महिनामै भए । जहाँ मेसीका संसारभरका समर्थकहरु चिन्तित बने । पहिलो घटना अप्रत्यासित रुपमै भएकाले पनि विश्वभरका मेसी फ्यानहरु चकित मात्रै बनेनन् । अन्तर्राष्ट्रिय खेलमा फर्किनका लागि आग्रह गरे । फलतः उनी फेरि अन्तर्राष्ट्रिय खेलमा फर्किने संकेत गरिसकेका छन् । उनलाई खेलमा फर्किनको लागि अर्जेन्टिनाका स्ट्राइकर डिएगो म्यारोडोना र राष्ट्रपति माउरिसियो म्याक्रीले अपिल नै गरेका थिए । देशका सर्मथकहरुले खेलमा फर्किनको लागि धर्नासमेत गरेर अपिल नै गरे । अन्तर्राष्ट्रिय खेलमा सन् २००५ देखि डेब्यु गरेको मेसीले २००७ मा भएको कोपा अमेरिका देखि विश्वकप २०१४, कोपा अमेरिका २०१५ र २०१६ को फाइलनमा उपविजेतामै चित्त बुझाउनु परेको थियो । त्यसै कारण पनि फ्रष्टेसन भएका मेसीले एकैपटक संसारलाई नै चकित पार्ने गरी निर्णय लिए । त्यो निर्णय नै अप्रत्यासित रुपमा आएको थियो । कोपा अमेरिकाको सताब्दीमा अर्जेन्टिनालाई फाइलनमा पु¥याए । तर, फाइलनमा १२० मिनेटसम्मको प्रतिस्पर्धामा पनि नतिजाबिहीन भएपछि अन्ततः पेनाल्टीमा पुगेको चिली र अर्जेन्टिनाको खेलको पहिलो पेनाल्टीमै उनी चुके । सम्भवतः मेसी पेनाल्टीमा चुकेको यही एउटा पेनाल्टी हुनुपर्छ । त्यही कारण पनि उनमा निराशा छायो । उनले आफ्नै कारणले फाइलन उपाधिविहीन भयो भन्ने सोचेरे सायद अन्तर्राष्ट्रिय खेलबाट तत्कालै सन्यास लिए । त्यो सन्यासले संसारभरका मेसी समर्थक तथा फ्यानहरु चकित बने । त्यसपछि खेलमा फर्किनका लागि अपिलहरु सुरु भए । त्यही अपिलकै कारण हुनुपर्छ अहिले पनि मेसीको अन्तर्राष्ट्रिय खेलमा पुनरागमन अर्थात् सन्यास फिर्ता लिएपछि अर्को चर्चा चुलिएको छ । मेसी जस्तै स्टार खेलाडीको रुपमा १९९४ को विश्वकपमा तत्कालिनसमयका फुटबल हिरो इटालीका रोबर्ट बाजियोलेसमेत फाइलन खेलमा पोष्टबाट माथिबाट गोल हान्दै ब्राजिलसँगको फाइनलमा रनरअप मात्रै बन्न पुगेको थियो । अहिले मेसीको जति चर्चा हुन्छ त्यो बेलामा बाजियोको चर्चा कम आँक्न मिल्दैन् । तर, उनले खेलबाट सन्यास लिएनन् । तर, देशले नै उनलाई सन्यास लिएजस्तै बनाइदियो अर्थात् त्यसपछिका खेलहरुमा बाजियो देखा परेनन् । अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएर संसारभर जुन तरंग पैदा भइदियो । त्यस्तै तरंग हुने समाचार एकदिन अघि मात्रै आयो । मेसीले स्पेनमा रहँदा कर छलीको अभियोगमा २१ महिना जेल सजाय भएको समाचार बाहिरिएसँगै मेसीमाथि अर्को झट्का लागेको छ । उनलाई स्पेनको अदालतले २ लाख युरो जरिवानासमेत तोकेको छ । तर, यसमा मेसीले खुलेरै आफ्नो गल्ती नभएको दाबी गर्दै स्पेनको उच्च अदालतमा अपिल गर्ने जनाइसकेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मेसीले २००७ देखि २००९ सम्म ४५ लाख डलर कर छली गरेका थिए । उक्त कर छलीमा उनका पिता गोर्जेसमेत मुछिएका छन् । उनलाईसमेत ढेड लाख युरो जरिवाना तोकिएको छ । यतिसम्मकी उनले त्यो करछली गर्नको लागि उरुग्वे र बेलिजकोसमेत साहारा लिएको बताइन्छ । तर, स्पेनको कानुन अनुसार २ वर्ष भन्दा कम जेल सजाय हुनेहरुको हकमा प्रशासनको कडा निगरानीमा बाहिर बस्न पाउने व्यवस्था छ । यो व्यवस्थाको कारण पनि मेसीलाई केही ‘एडभान्स’ हुने भएको छ । तर, उनका समर्थक फुटबल फ्यानहरु भने यो दुःखद् घटनाले चिन्तित तुल्याएको छ भने अर्काेतिर फेरी नोभेम्बरबाट अन्तर्राष्ट्रिय खेलमा फर्किने आशा जगाएका मेसी समर्थकहरु खुसीसमेत छन् ।