धरान / युरोकपको फाइनलमा फ्रान्स र पोर्चुगल भिड्ने भएका छन् । आज बिहान भएको दोस्रो सेमिफाईनल खेलमा जर्मनीलाई २–० गोलले हराउँदै फाइलनमा पुगेपछि फ्रान्सको भेट पोर्चुगलसँग हुने भएको हो ।
उपाधिको लागि यि दुई बिच आइतबार राति भिडन्त हुँदै छ । फ्रान्सले चारपटक विश्वविजेता जर्मनीलाई हराउँदै २०१४ को विश्वकपको क्वाटरमा हारेको बदलासमेत चुकाएको छ । फ्रान्स युरो कपमा १६ वर्षपछि फाइलनमा पुगेको छ । फ्रान्सले ५८ वर्षपछि सेमिफाइलनमा जर्मनीलाई हराउन सफल भएको छ । सन् १९५८ को विश्वकपमा फ्रान्सले तेस्रो पोजिसनको लागि भएको खेलमा जर्मनीलाई ६–३ गोल अन्तरले पराजित गरेको थियो ।
यस अघि २००० को युरो उपाधि जितेपछि त्यसपछि क्वाटरफाइलन माथि उक्लिन सकेको थिएन् । विश्वकपमा भने २००६ मा रनर अप बनेको थियो । फ्रान्सको खेलमा ग्रिजम्यान हावी भएको छ । उसले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत् गोल गरे भने दोस्रो हाफको ७३ औं मिनेटमा जर्मनी गोलरक्षकले पञ्च गरेको बललाई जाली चुमाए ।
ग्रिजम्यानले यो युरोमा मात्रै ६ गोल पुर्याएका छन् । गोल्डेन बुटको दाबेदार पनि उनी नै छन् । अहिलेसम्म क्रिष्टियानो रोनाल्डोको मात्रै ३ गोल छ । फ्रान्सले आफ्नै होम ग्राउण्डमा यस अघि १९८४ मा युरो उचालेको थियो । यस अघि पोर्चुगलले वेल्सलाई २–० गोल अन्तरले नै हराउँदै फाइलनमा पुगेको छ । पछिल्ला १० खेलमा फ्रान्स पोर्चुगलमाथि हावी हुँदै आएको छ ।