काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा  आठ हजार ३०० र चाँदी  १७५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मोल  दुई लाख ७२ हजार  र त्यति नै परिमाणको सेतो धातुको मूल्य  तीन हजार ६५० निर्धारण  भएको छ ।

गत शुक्रबार  छापावाल सुन प्रतितोला  दुई लाख ८० हजार ३००  र चाँदी  तीन हजार ८२५ मा कारोबार भएको थियो । रासस