श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल मङ्सिर ६ गते आइतबार २२ नोभेम्बर २०२६, रौद्रनाम संवत्सर। कार्तिक शुक्लपक्षको त्रयोदशी तिथि २४:३१ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र अश्विनी २७:१६ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमा राशि मेष, सूर्योदय ०६:३० बजे र सूर्यास्त ०५:०७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सोझोपनको फाइदा अरूले उठाउन सक्छन्। काममा अधिक खर्च बढ्नेछ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। मिहिनेत गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बुद्धिको उपयोगले फाइदा दिलाउन सक्छ । कामको मेसो नमिल्दा केही ढिलासुस्ती भने हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। सङ्घर्षले कर्मयोग अघि बढ्नेछ। कृषिमा राम्रो लाभ मिल्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सन्तान वा अनुयायीको साथले उत्साह जगाउनेछ। अध्ययनमा धेरै समय जुट्न नसकिएला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
महŒवाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला।कमजोर विकल्प अँगाल्नाले अवसर गुम्न सक्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कमजोरीले बाधा पुर्याउनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुनसक्छ। वचनले समस्या निम्त्याउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विशेष योजना सार्वजनिक नगर्नुहोला। व्यापारलगायत आर्थिक काममा मन्दी आउन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सबैलाई समेटेर काम लिन नसक्दा पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सानातिना काममै अल्झनु पर्नेछ। कामको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ।

































