tamorरविन भट्टराई,ताप्लेजुङ / ताप्लेजुङको सावादिन गाविसमा शनिवार राति झरेको पहिरोले तमोर नदि थुनिएर बनेको ताल दुई दिन बिति सक्दा समेत पुर्णरुपले नखुलेकाले तल्लो क्षेत्रको बस्तिमा जोखिम अझै कायमै रहेको छ । नदि थुनिए देखि बढेको त्रास स्थानियमा त छनै थुनिएको भाग खोल्न नसक्दा स्थानिय प्रसासन समेत प्राकृतिक रुपमानै नदिले खोल्ने आशामा बसेका छन् । गत शनिवार राति झरेको पहिरोले तमोर नदि थुनिएर तालमा परीणत हुँदै धार परीवर्तन गरेर बग्न थाले पनि थुनिएको भाग भन्दा माथिल्लो क्षेत्रबाट बाढि आएर नदि एक्कासि खुले तल्लो क्षेत्रमा रहेका हान्द्रुङ र दोभान बजार सहित थुम्बाबेसीको बस्तिलाई असर पार्ने भएकाले स्थानिय त्रसित बनेका हुन । सावादिन गाविसको नाक्ला भीरबाट झरेको पहिरोले शनिबार राति दुई बजे तमोर नदी थुनेको थियो । नदी थुनिएर करीब ६ सय मिटर लम्बाई र २ सय मिटर चौडाईको ताल बनेको छ । नदि फुरुम्बुतर्फको भागबाट जमीन काटान गर्दै बगीरहेको छ । नाक्ला भीरबाट पहिरोसँगै ठूला ठूला चट्टान झरेर शनिवार राति देखि नदी थुनिदा एक घर सहित केहि चौपाय र अन्न बालि बगाएको प्रहरीले बताएको छ । नदि केहि घटेपनि ठुला चटानले नदि थुनेकाले थुनिएको भाग नखोलिएको स्थानिय पवन श्रेष्ठले बताए । नदिलाई चटानले छेकेको र सो स्थानमा जाने बाटो नहुँदा मानविय रुपमा हटाउन सक्ने अबस्था नभएकाले स्थानियलाई सचेत रहन आग्रह गर्दै नदिको अबस्थाको बारे जानकारी लिनुबाहेक अन्य उपाय अहिले नभएको ताप्लेजुङका निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराई बताउछन् । अहिले नदि प्राकृतिक रुपमानै फुरुम्बु तर्फको भाग कटान गर्दै बगिरहेको छ, पुन छेकिने संभावना भए मात्र खोल्ने विकल्प सोच्नुपर्ला भट्टराईले भने । नदी थुनिएपछि खुलाउन आईतबार सदरमुकामबाट घटनास्थल गएको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खुलाउने संभावना नभएकाले घटना स्थलको अवलोकन गरी त्यसै फर्किएको थियो भने केहि प्रहरी घटनाबारे सदरमुकाममा जानकारी दिन सोहि स्थानमा रहेका छन् । नदि विच भागमानै थुनेको साथै भिरालो भएका कारण पानीको फोर्स तिब्र गतिमा भएका कारण कुनै पनि समय पुन बाढि आएर थुनिएको भाग खुल्न सक्ने भएकाले तल्लो क्षेत्रका स्थानिय सचेत अबस्थामा रहन आग्रह भने गरीएको निमित्त प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।