धरान / युरो कपको १५ औं सस्करण फुटबल महारथी देशहरु बीच बदला लिने श्रृङ्खला बन्यो भने साना देशहरु चम्किने श्रृङ्खला । इटाली र जर्मनी बिचको खेलबाट सुरु भएको बदला श्रृङ्खला फाइलनसम्मै जारी रह्यो भने वेल्स र आइसल्याण्ड क्रमशः सेमिफाइलन र क्वाटरफाइनलसम्म आइपुगेर इतिहास बनाए ।
फाइलनमा फ्रान्सलाई स्टेड डि फ्रान्स स्टेडियममा स्तब्ध पार्दै पोर्चुगलले हालसम्मको हारको बदला चुकायो । आफ्नै घरेलु मैदानमा पोर्चुगलले ग्रिससँग यसरी नै स्तब्ध २००४ को युरोमा भएको थियो । समूह एफबाट तेस्रो बन्दै फाइनलमा उपाधि हत्याउँने पोर्चुगल भाग्यमानी टिमसमेत बन्यो । फ्रान्ससँगको अन्तर्राष्ट्रिय खेलमा २४ पटक भेट भए पनि १९७८ पछिका १० संस्करणहरुमा फ्रान्स पोर्चुगलमाथि हावी बन्दै आएको थियो । १९८४ को युरोमा फ्रान्सले सेमिफाइलनमा ३–२ गोलले पोर्चुगललाई हराएको थियो । २००० को युरोमा पनि सेमिफाइलनमै पोर्चुगललाई फ्रान्सले २–१ गोलले जितेको थियो । विश्वकप २००६ मा सेमिफाइलनमै १–० गोलले फ्रान्सले पोर्चुगललाई हराएको थियो ।
दशकौंको हारलाई उसकै मैदानमा पोर्चुगलले १–० गोलले हराउँदै इतिहास मात्रै रचेन, कप्तान क्रिष्टियानो रोनाल्डोले आफ्नो देशको लागि देखेको सपना पूरा गरे । हालसम्म पोर्चुगलले ठूला प्रतियोगितामा जित निकालेको यो नै पहिलो पटक हो । सन् १९२६ देखि फ्रान्ससँग पोर्चुगलले अन्तर्राष्ट्रिय मैत्रीपूर्णदेखि लिएर विश्वकप, युरो कपमा हारको सामाना गर्दै आइरहेको थियो । २४ पटकको भेटमा पोर्चुगलले अन्तर्राष्ट्रिय मैत्रीपूर्णमा मात्रै ५ पटक विजेता बनेको थियो भने १९२८ मा एकपटक मात्रै बराबरी खेलेको थियो । १८ औं पटक फ्रान्स पोर्चुगलमाथि हावी बनेको थियो ।
दशकौंदेखिको यो इतिहासलाई परिवर्तन गर्नको लागि पोर्चुगलका सबैभन्दा कान्छा खेलाडी रोनाटो साञ्चेजको बदलामा मैदानमा प्रवेश गरेका इडरले १०९ औं मिनेटमा आर्कषक गोल गर्दै फ्रान्सलाई आफ्नै घरेलु मैदानमा उपाधिविहीन बनायो । यसपटकको युरो कपको बदला श्रृङ्खलाको सुरुवात जर्मनीले गरेको थियो । जर्मनी र इटाली बिचको ३४ पटकको अन्तर्राष्ट्रिय भेटमा इटालीले १५ पटक जित्दा ९ पटक मात्रै जर्मनीले जितेको थियो । १० पटक बराबरी खेलेका थिए । तर, १९९६ को युरो कप यता जर्मनीले इटलीलाई हराउन सकेको थिएन् । सिवायः यो पटकको युरो मैत्रीपूर्ण खेल बाहेक । तर, २००६ को विश्वकपपछि जर्मनी एकमात्रै यस्तो देश हो जो सेमिफाइलनसम्म पुगेको छ ।
१९९६ यता जर्मनीले इटलीसँग तीनपटक इटालीसँग बराबरी खेले पनि जित्न सकेको थिएन् । २००६ को विश्वकपमा इटाली जर्मनीमाथि २–० ले हावी भएको थियो भने २०१२ को युरोमा पनि २–१ ले हावी भएको थियो । ७ वटा खेलमा इटाली जर्मनीमाथि हावी बनेको थियो । तर, २० वर्षपछि जर्मनीले युरोकपबाट इटालीलाई सडेन डेथबाट ६–५ गोलको जित निकाल्दै इतिहास फेरेको छ । बदलाको श्रृङ्खला अर्को खेल सेमिफाइलनमा देखियो । जर्मनीसँग १९५८ को विश्वकपपछि उपाधि खेलमा जर्मनी हावी बन्दै आइरहेको थियो । तर, सेमिफाइलनमा २–० गोलले हराउँदै जर्मनीलाई ५८ वर्षपछि हराउँदै उपाधि खेलमा नयाँ इतिहास फ्रान्सले रच्यो ।
यि दुई देश बिचको खेलको रोचक पक्ष के भने उनीहरु बीच २७ पटकको अन्तर्राष्ट्रिय भेटको मैत्रीपूर्ण खेलमा फ्रान्स १२ पटक र उपाधिका खेलहरुमा जर्मनी १० पटक विजयी बनेको छ । पाँचपटक बराबरी खेलेका छन् । तर, यो पटक आफ्नै देशमा उच्च मनोबलका साथ खेलेको फ्रान्सले जर्मनीले निर्धारित समयमै २–० गोलले हराउँदै ५८ वर्षपछि इतिहास फेर्न सफल बन्यो । तर, उसको यात्रा फाइलनमा पोर्चुगलले तहननहस पारिदियो । यही हारसँगै यसपटकको युरोको हारको बदला श्रृङ्खलासमेत टुंगिएको छ ।