एजेन्सी / तीनपटक फिफा वर्ष खेलाडी पोर्चुगलका क्रिष्टियानो रोनाल्डोलाई हंगेरीका स्ट्राइकर जोल्टान गेराले पछि पारेका छन् ।
युरो च्यापियनको खेलको नतिजाको आधारमा पोर्चुगिज स्टारलाई गेराले पछि पारेका हुन् । गेराले गरेको गोल युरोकप २०१६ को सबैभन्दा उत्कृष्ट गोल घोषित भएको छ। युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले आफ्नो बेवसाइट मार्फत गरेको मत सर्वेक्षणको आधारमा गेराको गोल उत्कृष्ट घोषणा गरिएको हो ।
गेराले समूह चरणमा पोर्चुगलसँगको खेलमा १९ औं मिनेटमा गरेको गोल युरोकपको सर्वोत्कृष्ट गोलका रुपमा चुनिएको हो। रोनाल्डोको गोल दोस्रो नम्बरमा परेको छ । गोल अफ द टुर्नामेन्टको अवार्ड जितेका गेराले कुल खसेको मतको ३२ प्रतिशत पाएका छन् । रोनाल्डोले भने २४ प्रतिशत मात्रै मत पाएका थिए ।