राजविराज / अधिकार प्राप्तीका लागि संविधान संसोधनको माग गर्दै मधेशमा जारी आन्दोलन तथा अन्य विभिन्न कारणले नागरिक सम्वन्धमा दरार महसुस गरेको सप्तरी प्रहरीले नागरिक–प्रहरी सम्वन्धलाई यथाअवस्थामा फर्काउन प्रयास थालेको छ ।
सम्वन्ध सुधारको पहिलो चरणमा प्रहरीले हरेक नागरिकका घरमा पुग्ने कार्यक्रम सुरु गरेको छ । करिव एक महिना लगाएर ५ नगरपालिका र ९१ गाविसका कुल १ लाख २१ हजार १० घरमा पुग्ने योजना वनाएको प्रहरीले हरेक घरको मुल ढोकामा प्रहरीको सम्पर्क नम्वर सहितको स्टिकर टाँस्ने, घरमुली तथा परिवारका अन्य सदस्यसँग सामान्य अन्तरक्रिया गर्ने र सम्पर्क नम्वर साटासाट गर्ने कार्ययोजना निर्धारण गरेको छ । सप्तरीका सिडिओ वलदेव गौतमले आईतवार जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका विच कार्यक्रमको उदघाटन गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय, विभिन्न ईलाका प्रहरी कार्यालय र प्रहरी चौकी गरी ४८ वटा यूनिट मार्फत कार्यक्रमलाई एकै पटक संचालन गरिने एसपी भिमप्रसाद ढकालले वताएका छन् । टेलीफोन नम्वर सहितको स्टिकर टाँस गर्ने कार्यक्रमलाई नाग टाँस्ने अभियानका रुपमा चित्रण गरेको प्रहरीले सोहि स्टिकरका माद्यमद्वारा जिल्लामा शान्ति स्थापना गरेर देखाउने चुनौतिपुर्ण योजना समेत वनाएको छ ।
प्रहरीले टाँसेको स्टिकरले घर(घरमा प्रहरीको उपस्थिती महसुस गराउने भन्दै उनले भने –‘कुनै समस्या आए वा प्रहरीको आवश्यक्ता महसुस भए तत्काल फोन गर्नोस, प्रहरी तपाईको मुल ढोकामा उभिएको पाउनुहुनेछ ।’
सप्तरी प्रहरी सवा १ लाख नागरिकको घरदैलोमा पुग्ने
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































