अनामका पदाधिकारीको पक्षमा फैसला
धरान/अनाम धरानका पदाधिकारीहरुमाथि लागेको मानहानीको मुद्दा खारेज गर्दै उनीहरुकै पक्षमा जिल्ला अदालतले फैसला सुनाएको छ ।
जिल्ला अदालत इजलास नम्बर ३ का न्यायधिस देवेन्द्र पौडेलको इजलासले राजेन्द्रकिशोर रिमालले लगाएको मानहानीको मुद्दा खारेज गर्दै उनीहरुको पक्षमा मुद्दा फैसला गरेको हो । असार २८ गते मुद्दा फैसला भएको हो । राजेन्द्रकिशोरले अनामका अध्यक्ष विनोद तखाछे, कोषाध्यक्ष रमेश साह र सदस्य हिमाल दाहाललाई विपक्षी बनाएर दुईवर्ष अघि मुद्दा दायर गरेका थिए ।
अनामका पदाधिकारीहरुले दुईवर्ष अघि पत्रकार सम्मेलन गरेर रिमालको कर्तुतहरु बारे बाहिर ल्याउने प्रयत्न गरेका थिए । त्यसैलाई मुद्दा बनाएर रिमालले मानहानी भएको भन्दै जिल्ला अदालतमा मुद्दा हालेका थिए । उक्त मुद्दापछि अनाम धरानका पदाधिकारीहरुले पनि लेनदेनको मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा पनि उनीहरुकै पक्षमा जिल्ला अदालतले फैसला गर्दै रकम भर्पाइ गर्नको लागि आदेशसमेत जारी गरेको छ । संस्थाले रिमालबाट ५ लाख ७२ हजार रुपैया लिन बाँकी रहेको भन्दै लेनदेनको मुद्दा दायर गरेको अध्यक्ष तखाछेले बुधबारको पत्रकार सम्मेलनमा बताए ।
अनामले पत्रकार सम्मेलनमार्फत् आफ्नो पक्षमा मुद्दा फैसला भएको बताए । रिमालले उक्त रकम संस्थालाई दिने भनेर २०७१ साल माघ १ गते तमसुक गरेका थिए । ‘मानहानीको मुद्दा हालेपछि हामीले पनि संस्थाले प्राप्त गर्ने रकमको लेनदेनको मुद्दा दर्ता गर्यौं ।’ उनले भने ‘अदालतले सबै कुरा बुझेपछि बल्ल हाम्रो पक्षमा फैसला गर्यो ।’अनामले सन् २०१२ मा आरडिआइएफ संस्थाको सहयोगमा २४५ एपिसोडको नाटक देखाएको थियो ।
उक्त एक एपिसोड बराबर संस्थालाई ५ हजार रुपैया दिने सहमति बनेको थियो । उक्त रकमले भवन निर्माण गरिने बताइएको सदस्य हिमाल दाहालले बताए । जसमध्ये संस्थाले ११ लाख चानचुन रकम प्राप्त गर्ने मध्ये केही फर्निचरलगायतमा खर्च भएको र बाँकी रहेको ५ लाख ७२ हजार रुपैया रकम भने दिन बाँकी रहेपछि वकिल ल्याएरै तमसुक गरिएको उनले बताए । तर, रकम दिने नियत नदिएको उल्टै संस्थाका पदाधिकारीहरुलाई भ्रष्टचार गरेको अभियोग लगाएपछि बाध्य भएर पत्रकार सम्मेलन गरिएको उनले बताए । तर, उल्टै मानहानी भएको भनेर मुद्दा दर्ता गरेको उनले बताए ।
तर, ढिलै भए पनि सत्यको पक्षमा विजयी भएकोमा संस्थाका पदाधिकारीहरु खुसी रहेको बताए । उक्त रकम प्राप्त भएमा भवन निर्माणसँगै नयाँ कलाकारहरु उत्पादन गर्ने लक्ष्य अनामले लिएको बताए ।
यता रिमालले अनामका पदाधिकारीहरुको पक्षमा मुद्दा फैसला भएको सुनेको तर, आफूले पढ्न नपाएको बताए । ‘फैसला भयो भन्ने सुनियो । तर, फैसला पढ्न पाएको छैन् ।’ उनले फोनसम्पर्कमा भने । उनले जिल्ला अदालतको मुद्दा नै अन्तिम फैसला नभएकाले आफूले अदालतका विषयमा धेरै कुरा बोल्न नमिल्ने बताए । उनले पुनरावेदन गर्ने कुरा बारे खुलेर नबोले पनि अन्तिम फैसला नभएको भनाईबाटै प्रष्ट कुरा बताएका थिए । ‘जिल्लाको फैसला नै अन्तिम किनारा लागेको होइन् ।’ उनले भने ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































