काठमाडौँ / केन्द्रीय बालकल्याण समितिले बालबालिकालाई गुणस्तरहीन खाद्य तथा पेय पदार्थ प्रयोग नगर्न अभिभावकलाई आग्रह गरेको छ ।
समितिका कार्यकारी निर्देशक तारक धितालले आज विज्ञप्ति जारी गर्दै केही दिनअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले दुगड फुड्स एन्ड वेभरेज प्रालिद्वारा उत्पादित पेय पदार्थ फ्रुटी अखाद्य भएको पाइएकाले यस्ता अखाद्य पेय पदार्थ प्रयोग नगर्न अभिभावकलाई आग्रह गरेको हो ।
विज्ञप्तिमा भनिएको छ– “फ्रुटीजस्ता गुणस्तरहीन पेय पदार्थले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पु¥याउँने भन्दै अभिभावकलाई त्यस्ता पेय पदार्थ प्रयोग गर्न संवेदनशील हुन भनिएको छ ।”