भारतले बनाएको बाँध नेपालीले भत्काए
राजविराज / सप्तरीको तिलाठीमा भारतले दशगजा क्षेत्रमा एकतर्फी रुपमा वनाएको बाँध नेपालीले भत्काइदिएका छन् । खाडो नदीमा भारतीयले बाँध बनाउन थालेपछि विरोधमा उत्रिँएका नेपाली र भारतीयविच तनाव समेत भएको छ ।
स्थिति नियन्त्रणमा लिन सीमाक्षेत्रमा दुबैतर्फका सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । शनिबारदेखि भारतीय पक्षले एकतर्फी बाँध निर्माण सुरु गरेको थियो । भारतले नेपाल–भारत सीमा स्तम्भलाई आफ्नो भूमिभित्र पारेर बाँस तथा बोरामा भरिएका गिट्टी प्रयोग गरी बाँध बाँधेको थियो ।
बाँधका कारण तिलाठी, रम्पुरा मल्हनिया, सकरपुरा, विषरिहया, कोइलाडी, बरसाइन, हनुमाननगर लगायतका गाविस डुबानमा पर्ने भएपछि स्थानीय आक्रोशित वनेका हुन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































