भारतमा डेङ्गुबाट १४८ को मृत्यु
नयाँ दिल्ली (भारत) / भारतीय सरकारले शुक्रबार लोकसभामा यसवर्ष भारतमा मलेरिया, डेङ्गु र इन्सेफलाइटिस रोगका कारण देशभर १४८ जनाले ज्यान गुमाएको जनाइएको छ ।
यसवर्षको जुलाई २४ सम्मको सरकारी तथ्याङ्कअनुसार डेङ्गुका कारण २१ जना, जापानिज इन्सेफलाइटिसका कारण ७० जना र ५७ मलेरियाका कारण ज्यान गुमाएको भारतीय सरकारका स्वास्थ्यमन्त्री जे.पी. नाडाले संसदलाई बताए ।
सन् २०१५ मा यी विभिन्न रोगका कारण मृत्यु हुने नागरिकको सङ्ख्या ७९८ पुगेको थियो ।
मन्त्री नाडालाई सांसदहरुले के सरकारले नागरिकलाई यस्ता प्राणघातक रोगबाट बचाउन निजी तथा सरकारी पहलमा कुनै राष्ट्रिय कार्यक्रमको प्रस्ताव गर्दै छ भनी सोधेका थिए ।
जवाफमा मन्त्री नाडाले तत्कालै त्यस्ता कार्यक्रम लैजाने सोच नभए पनि सरकार नागरिकको जीवन रक्षाका लागि यस्ता रोगविरुद्धका कार्यक्रमलाई महत्व दिने बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























