mechi pulभद्रपुर / मेची भन्सार कार्यालयले लगाएको नियम भन्सार कर्मचारी, प्रहरी र व्यापारीले अवज्ञा गरेका छन् । भारतबाट समयमै नेपाल भित्र्याइएको सामान झापाको भद्रपुर नाकाबाट रातको समयमा ओसार–पोसार हुने गरेको प्रमाण फेला परेपछि नियमविपरीत कार्य हुने गरेको पाइएको हो । काँकडभिट्टाको मेची भन्सार कार्यालयले भद्रपुर छोटी भन्सारमा साँझ ७ बजेपछि भारतबाट यो नाका हुँदै भन्सार दाखिला हुने कुनै पनि सरसामान नल्याउने भनी ६ वर्षअघि बन्देज लगाए पनि हाल भन्सार कर्मचारी र व्यापारीले नियमको अवज्ञा गरी रातको समयमा सामान नेपाल भित्र्याइरहेका छन् । भद्रपुरको छोटी भन्सार कार्यालयका कर्मचारीले व्यापारीले राति जति बजे सामान ल्याए पनि गोदाममा राख्न दिइरहेकाले मेची भन्सारले लगाएको नियम कर्मचारीले नै उल्लङ्घन गरिरहेकाले कर्मचारीसँग कारोबारीको संलग्नता रहेको पुष्टि हुन्छ । भन्सार नियमविपरीत सामान भित्र्याइए पनि झापाका प्रहरी–प्रशासन मूकदर्शक बनेको स्थानीय बताउँछन् । सामानलाई सशस्त्र र नेपाल प्रहरीले  स्कर्टिङ गरी राति १० बजेसम्म भन्सार दाखिला गर्ने गरिएकाले व्यापारीहरुको मनोबल झन् बढदै गएको उनीहरुको भनाइ छ । मेची नदीमा पानीको सतह बढेपछि नदीमा डुङ्गाको माध्यमबाट व्यापारीहरुले ठूलो परिमाणमा लत्ताकपडा, जुत्ताचप्पल, हार्डवेयर तथा इलोक्ट्रोनिक्सलगायतका सरसामान ओसारपोसार गरिरहेका छन् । भारतले बेलुका ५ बजेपछि आप्mनो मुलुकबाट कुनै पनि सामान नेपाल लग्न नदिने नियम रहेकोले भारतीय सीमाबाट बेलुका ५ बजेअघि नै सामान मेची नदी किनारमा ल्याएर भण्डारण गरी रातमा दायाँबायाँ गर्दै मौका छोप्न सकिन्छ कि भन्ने उद्देश्यले व्यापारीले राति सामान भित्र्याउन थालेको एक कारोबारीले बताए । छोटी भन्सार कार्यालयका अधिकृत दीपेन्द्र झाले भन्सार गेटमा टाँस गरिएको सूचनाको विषयमा आपूmलाई थाहा नभएको भन्दै यसबारेमा कर्मचारीसँग बुभ्mने बताए । भन्सारले तोकेको समयअनुसार सामान ल्याउन सकिन्छ तर झापा प्रशासन र मेची भन्सारले चोरी निकासी रोक्ने उद्देश्यले सूचना टाँस गरेको हो भने कर्मचारीले सो नियमको पालना गर्नुपर्ने अधिकृत झाले बताए । भद्रपुर वडा प्रहरी कार्यालयका इन्स्पेक्टर राजनकुमार न्यौपानेले भन्सारले तोकेको समय निर्धारणको विषयमा आपूmलाई थाहा नभएको भन्दै रातको समयमा सामान ल्याउँदा प्रहरीलाई सुरक्षा दिन चुनौती थपिएको बताए । व्यापारीलाई राति सामान नल्याउन जानकारी गराए पनि उनीहरुले नदीमा पानी बढेकोले ढिलो भएको जवाफ दिने गरेको न्यौपाले जनाए । भन्सारले राति गोदाममा सामान नराख्ने हो भने यो समस्या हट्न सक्ने उनको भनाइ छ । भन्सारको सूचनामा के छ ? भद्रपुर छोटी भन्सारमा निकासीपैठारी हुने मालवस्तुको सम्बन्धमा भद्रपुर नगरपालिका–१ र २ (हाल वडा नम्बर ५ र ७) मा पर्ने नदीको किनारमा रहेको सशस्त्र प्रहरी पोस्टबाट हनुमान मन्दिर हुँदै पक्की सडकको बाटो गरी भद्रपुर छोटी भन्सार कार्यालयमा बिहान ६ बजेदेखि बेलुका ७ बजेभित्र निकासीपैठारी भइसक्नुपर्ने वा सो समयबाहेक अन्यत्र दायाँबाट निकासीपैठारी भएमा अवैध हुने भनी मेची भन्सार कार्यालयले जाँचपास गर्न भन्सार गेटअगाडि रुखमा सूचना टाँस गरेको छ । किन टा“सियो सूचना ? तत्कालीन झापाका प्रमुख जिल्ला अधिकारी गेहथान भण्डारीको कार्यकालमा भद्रपुर नाकाबाट रातको समयमा छोटी भन्सारमा सामान ओसारपोसार हुने गरेको थियो । सोही समयमा सीमामा खटिएका सशस्त्र, नेपाल प्रहरी र भन्सार कर्मचारीको मिलोमतोमा भन्सार आउने सामानका पोकाहरु बाटोबाट हराएको र तस्करी बढेको जनगुनासो बढेपछि झापा प्रशासनको ध्यान केन्द्रित भएको थियो । प्रजिअ भण्डारीकै कार्यकालमा मेची भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बलको सीमा सुरक्षा कार्यालय र राष्ट्रिय अनुसन्धान कार्यालयको सुरक्षा बैठकले सो निर्णय गरेपछि भद्रपुर छोटी भन्सारमा सोही समयदेखि सूचना टाँस गरिए पनि यसको कार्यान्वयन भने भएको पाइँदैन ।