mqdefaultराजविराज /  सप्तरी जिल्ला जनस्वास्थ्य कार्यालयले औषधिसहितको स्वास्थ्यकर्मी टोली बाढी प्रभावित क्षेत्रमा परिचालन गरेको छ ।  केही दिनअघिको अविरल वर्षासँगै विभिन्न नदीमा आएको बाढीका कारण डुबानमा परेका सकरपुरा, लौनियाँ, तिलाठी, कोइलाडी, रम्पुरा मल्हनियाँ, तिलाठीलगायतका गाविसहरुमा आवश्यक औषधिसहितको स्वास्थ्यकर्मी टोली परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा विभिन्न रोगको सङ्क्रमण बढेर महामारी पैmलिन सक्ने भएकाले बिरामीहरुको उपचार तथा महामारी पैmलिन नदिन आवश्यक निगरानीका लागि बाढी प्रभावित स्थानमा स्वास्थ्यकर्मी खटाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजय झाले बताए । रम्पुरा मलहनियाँ, तिलाठी, कोइलाडीलगायतका बाढी प्रभावित स्थानहरुमा रुघाखोकी तथा ज्वरोका बिरामी देखिए पनि महामारीको अवस्था नरहेको बताउँदै झाले त्यो अवस्था आउन नदिन प्रभावित स्थानहरुमा औषधिसहित स्वास्थ्यकर्मीहरु परिचालन गरिएको उनले बताए । बाढीका कारण खानेपानीको मुहान प्रदूषित हुने, घर र वरपरमा जमेको पानीका कारण रोगको प्रकोप बढ्न सक्ने तथा बाढीसँगै आउने सर्प, बिच्छी, भ्यागुता र अन्य किराहरु मरेर बस्ती दुर्गन्धित भएको जानकारी दिँदै झाले त्यसको नकारात्मक असर देखिनुअघि नै कार्यालयले सतर्कतापूर्वक आप्mनो जिम्मेवारी निर्वाह गरेको बताए । त्यस्ता क्षेत्रमा महामारी पैmलिन सक्ने भएकाले बाढीका कारण बस्ती डुबानमा परेको समाचार आएसँगै औषधिसहित स्वास्थ्यकर्मी पठाउन स्वास्थ्य मन्त्रलायले पनि निर्देशन पठाइसकेको उनको भनाइ छ । केही दिनअघिको अविरल वर्षासँगै जिल्लाका खाँडो, महुली, जिता, अमाहा, त्रियुगालगायतका नदीमा आएको बाढी पसेर सकरपुरा, लौनियाँ, तिलाठी, रम्पुरा मल्हनियाँ, कोइलाडीलगायतका गाविसका हजारौँ घर डुबानमा परेका थिए । वर्षा रोकिएपछि गाउँमा जमेको पानी सुक्न थाले पनि जमेको पानीका कारण त्रास र पीडा भने ज्यूँका त्यूँ छ ।