बसको ठक्करबाट मृत्यु
मोरङ/मोरङको डाँगीहाट–५ स्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट सोमबार साँझ एक पैदलयात्रीको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ३ ख ७३८९ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँका ४५ वर्षीय प्रितीकुमार राईको मृत्यु भएको हो ।
सोमबार बेलुका बसको ठक्करबाट गम्भीर घाइते भएका राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए ।
ठक्कर दिने बस र त्यसका चालकलाई इप्रका बेलबारीले नियन्त्रणमा लिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































