राजघाटमा सडक बत्ती जडान
पथरी (मोरङ) / मोरङको राजघाट–७ भोटेपुल आसपासका क्षेत्रमा सडक बत्ती जडान गरिएको छ ।
हङकङबाट जन्मगाउँ राजघाटमा छुट्टीमा आउनुभएका स्थानीय लक्ष्मी पोमु र खड्ग चोङबाङको आर्थिक सहयोगमा सडक बत्ती जडान गरिएको हो ।
रातको समयमा गाउँघर हुने दुर्घटना, चोरी, डकैती न्यून गर्न र आवतजावतमा यात्रुलाई सुविधा दिन सडक बत्ती जडान गरिएको हो । प्रतिगोटा रु दुई हजार २०० पर्ने बत्ती ३५ वटा खम्बामा जडान गरिएको स्थानीय अगुवा रुद्र सुब्बाले जानकारी दिए ।
सहयोगी दाता पोमु र चोङबाङले मुख्य सडकमात्र नभएर गाउँघरका भित्री सडक छेउछाउका साथै डरलाग्दा ठाउँमा बत्ती जडान गरिदिएकाे छ ।
बत्ती जडान कार्यमा स्थानीय आइतहाङ तुम्बाहाम्फे, कमल फ्याक, हिमाल सापकोटा, गणेश थापामगर, दीपक मगरलगायतका स्थानीय युवाले श्रमदान गरे ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































