वाशिंगटन Untitled-1/ ललितपुर पाटन घर भएर हाल अमेरिकामा अध्ययनरत नेपाली युवती कञ्चन अमात्यले अमेरिकी कांग्रेसमा युवा तथा बालबालिका फाँटमा चुनिएकी छन् । उनलाई नेपाली युवा तथा बालबालिकाको पक्षमा वकालत गर्न  अमेरिकी संसद प्रतिनिधिसभा तथा अमेरिकन कांग्रेसमा उनले यस्तो जिम्मेवारी दिइएको हो । अमात्य काठमाडौँ सेन्ट मेरिज पढाइपछि नर्बेमा युनाईटेड वर्ल्ड  कलेजमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै १२ सम्म छात्रवृतिमा अध्ययन गर्ने मौका पाएकी थिईन् । हाल उनी ओक्लाहोमा बिश्व बिद्यालयमा युडब्लुसी डेविस छात्रवृति अन्तर्गत पूर्वस्नातक अन्डर ग्रजुएट तहमा अध्ययनरत छिन् । विश्वब्यापी रुपमा बालबालिकालाई समान तथा गुणात्मक शिक्षा उपलब्ध गराउन अमेरिकी प्रतिनिधि सभा तथा अमेरिकन कांग्रेसको माध्यमबाट नीति निर्माणको लागि सफल प्रयास आफ्नो जिम्मेवारी रहेको उनको भनाई छ ।