इलाम /इलाम बास्केटबलले आयोजना गरेको एक महिने बास्केटबल प्रशिक्षण तालिम गत श्रावण १० गतेबाट महेन्द्र रत्न बहुमुखी क्यापसको कोर्टमा भइरहेको छ । प्रशिक्षण खेल विहानी र साँझपख हुने गरेको छ ।
[caption id="attachment_5067" align="alignnone" width="700"]
र्फाइल फोटो[/caption]
इलाममा विगत लामो समयबाट बास्केटबलको इतिहास रहेतापनि खेल र खेलाडीको विस्तार हुन नसकेकाले खेलाडी उत्पादन र खेलको विस्तार गर्ने उद्येश्यले प्रशिक्षण शुरु गरिएको प्रशिक्षणका सयोंजक रोहन आचार्यले बताए ।
इलाममा फुटबल,भलिबल,क्रिकेट लगायतका खेलको जति चर्चा परिचर्चा रहेको छ त्यति नै बास्केटबलले पनि चर्चा कमाउनेमा आफू ढुक्क रहेको आचार्य बताउछन् ।खेलमा रुचि देखाँउदै सहयोग गरिरहेका खेल प्रेमिहरु इलाममा बास्केटबलको सम्भावना उल्लेखनिय रहेको र जिल्ला खेलकुदबाट हुने साथ सहयोगमा कुनै कञ्जुस्याइ नहुनेमा ढुक्क हुनमा उनीहरुको मत छ ।
सदरमुकामका विद्यालय,क्याम्पसका छात्रछात्राहरुको खेलप्रतिको उत्सुकता देखि इलाम बास्केटबलले सहजै सफलता प्राप्त गर्नेमा प्रशिक्षणमा प्रशिक्षक दिइरहेका सुनसरी बास्केटबल संघका प्रशिक्षक विकास चाम्लिङ्ग बताउछन् ।
उत्साहित खेलाडीहरुले मात्र खेलको संरक्षण र विकास गर्न नसक्ने हुनाले सम्बन्धित निकाय र बास्केटबलमा रुची राख्ने व्यक्तिहरु मिलि कार्य गर्नु पर्ने छ ।यस्ता कार्य गर्ने हो भने इलामका खेलाडीहरु राष्ट्यि स्तरका मात्र नभइ व्यवसाहिक खेलाडी उत्पादन हुनेमा प्रशिक्षक चाम्लिङ्ग दाबि गर्छन् ।
फुटबल लगायतका अन्य खेल र खेलाडीहरुलाई राज्यले संरक्षण र प्रोत्साहन दिएको छ त्यसरी बास्केटबललाई समेत प्राथमिकतामा राख्नु पर्ने उनको माग रहेको छ ।
प्रशिक्षणमा प्राशक्षार्थीहरु खेलमा उत्साहित भएर खेल खेल्दै आएका छन् ।प्रशिक्षण समापन कार्यक्रम आगामी भाद्र एक गते सम्मन्न हुने बास्केटबल इलामका संयोजक रोहन आचार्यले जानकारी दिए ।