060820160413401(1)-1000x0राजविराज / वरिष्ठ चिकित्सक डा. गोविन्द केशी शनिवार सप्तरीको वाढि प्रभावित क्षेत्रमा पुगेका छन् । वाढिका कारण फैलन सक्ने महामारी रोकथामका लागि जनचेतना, स्वास्थ्य उपचारका लागि डा. केशी सप्तरी आएका हुन । १५ दिनसम्म लगातार आमरण अनुसनमा वसेर अत्यन्तै कमजोर वनेका केशी अपर्झट सप्तरी आईपुग्दा स्थानीयवासी समेत आश्चर्यमा परेका छन् । ‘सप्तरी आउने विषयमा अग्रिम जानकारी कसैलाई दिईएको छैन ।’– उनका सहयोगी विक्रम केशीले भने –‘सवैतिर जानकारी गराउँदा आफन्त र चिकित्सकहरुले पनि वन्देज लगाउन सक्ने भएकाले उहाँले कसैलाई खवर गुर्नभएन ।’ उनका अनुसार डा. केशीको स्वास्थ्य अवस्था अहिले पनि पुर्ण रुपमा सामान्य भएको छैन । ४/५ जना सहयोगी सहित नाईट वस चढेर शनिवार विहान सप्तरी सदरमुकाम राजविराज झरेका केशीले मोटरसाईकल चढेर सप्तरीका वाढि प्रभावित गाविसहरुको अनुगमन तथा स्थानीयहरुसँग भेटघाट गरेका छन् । राजविराजवाट सकरपुरा पुगेका उनले सर्वप्रथम निवर्तमान गाविस अध्यक्ष गन्नु मुखियाको स्वास्थ्य परिक्षण गरेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका एक कर्मचारीले वताए । त्यसपछि कोईलाडी, को. वरसाईन, लौनीयाँ, रम्पुरा मलहनीया हुँदै तिलाठि पुगेका केशीले जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीद्वारा वाढि पश्चात वेल्ही भन्सारमा सञ्चालनमा ल्याईएको स्वास्थ्य शिविर (क्लिनीक) को पनि निरिक्षण गरेका थिए । त्यसपश्चात स्थानीय विद्यालयमा आयोजित स्वास्थ्य शिवीरमा आफनो सम्पुर्ण समयमा खर्च गरेका डा. केशीले  दिनभर सर्वसाधारण स्वास्थ्य परिक्षण गरेको स्थानीय निरज झाले वताए । शिवीरको संयोजन गरेका झाले केशीको भ्रमण तिलाठि र सप्तरीवासीकै लागि गौरवपुर्ण भएको प्रतिक्रिया दिए । उनका अनुसार तिलाठिमा आयोजित शिवीरवाट भारतीय नागरीकले पनि स्वास्थ्य सेवा लिएका छन् । डा. केशीले शहरकेन्द्रित हुँदै गएको स्वास्थ्य सेवालाई ग्रामिणक्षेत्रमा सेवा पु¥याउनुपर्ने भावनाका साथ आफु बाढि पिडित क्षेत्रमा आएको उनले बताए । आफु नेपाली भएकोले अरु नेपाली दाजू भाई पीडामा हुँदा उनीहरुको दुख साट्न आफु आएको हुँ, एक नेपालीको पिडामा अर्को नेपालीले सघाउनुपर्छ, आफु यसै मान्यताबाट प्रेरित भएर सप्तरी आएको बताए । बाढि पिडित क्षेत्रमा विरामीको संख्या देखेर शनिवार फर्किने सोच बनाएका डा.केशी आइतवार पनि सेवा पु¥याउने भन्दै सप्तरीमै रहेका छन् ।