जिल्लाको सीमावर्ती तथा दक्षिणवती क्षेत्रका १४ गाविसका जनतालाई स्थानीयस्तरमै सरकारी सेवा दिने उद्देश्यले हरिनगरामा आज इलाका प्रशासन कार्यालयको स्थापना गरिएको हो । सुनसरीका प्रजि मोहन चापागाइँले इलाका प्रशासन कार्यालयको उद्घाटन गर्दै कार्यालयले राजगन्जसिनुवारी, हरिनगरा, मध्यहर्षाही, देवानगन्ज, साहेबगन्ज, अमाहिबेला, घुस्की, अमडुवा, वसन्तपुर, रामगन्ज बेलगछिया, चिमडी, गौतमपुर र रामनगरभुटाहाका जनतालाई घरदैलामा सेवा दिने जानकारी दिनुभयो । यसअघि धरानमा मात्र इलाका कार्यालय स्थापना गरेर सेवा दिइँदै आएको थियो ।
इलाका प्रशासन कार्यालय उद्घाटित
इनरुवा/ सुनसरीको हरिनगरामा इलाका प्रशासन कार्यालय हरिनगारको आज उद्घाटन गरिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































