धनकुटा/ नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, धनकुटाले २२ औं विश्व आदिबासी दिवस विविध कायृक्रमको आयोजना गरी जिल्लाको तिन स्थानमा भिन्न भिन्नै तिथिमा मनाउने तयारी गरेको जनाएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका सचिव हेमकुमार आङ्गलाको अनुसार “पहिचान र अधिकार सहितको संघियता आदिवासी जनजातिहरुको अडान, अपुरो र अधुरो संविधान संशोधनका लागी हाम्रो साझा अभियान” भन्ने मुल नाराको साथ यो वर्ष विश्व आदिवासी दिवश अधिकार प्राप्तीको लागी आन्दोलनको रुपमा सडकमा मनाउने वताएका छन् ।
सचिव आङ्गलाले २२ औं विश्व आदिवासी दिवश धनकुटामा तिन दिन सम्म यहि श्रावण २४, २५ र २६ विविध कार्यक्रमको साथ मनाउने वताएका छन् । उनले अघिल्लो वर्षहरुमा विश्व आदिवासी दिवश जिल्ला सदरमुकाम धनकुटामा मात्र मनाउने गरेको तर वर्ष देखी भने जिल्ला सदरमुकाम वाहिर मनाउने तयारी पुरा भएको वताएका छन् । उनले श्रावण २४ गते हिले वजारमा, २५ गते मौनावुधुक वजारमा र २६ गते राजारानी वजारमा यो वर्ष विश्व आदिवासी दिवश मनाउने वताएका छन् ।
विश्व आदिवासी दिवश तिनै स्थानमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, धनकुटामो आयोजनामा भए पनि स्थानिय संयोजन भने सम्वन्धित गाउँ समन्वय परिषद र सम्वन्धित एकल जातियभ संस्थाहरुलाई दिइएको वताइएको छ । तिनै स्थानमा विश्व आदिवासी दिवश मनाउने सम्पुर्ण तयारी पुरा नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजयसन्तोषी राईले वताएका छन् ।
यो वर्ष विश्व आदिवासी दिवशको अवसरमा आदिवासी जनजाति समुदायका साँस्कृतिक रुपमा वर्षौ देखी सेवा गरिरहेको लामा, ओजा विजुवा र धामी झाँक्रीलाई दोसल्ला, खदा र सम्मान पत्रले सम्मान गर्ने कार्यक्रम रहेको महासंघ धनकुटाले जनाएको छ । जस अन्तर्गत शेर्पा, तामाङ, राई, देवान र लिम्वु समुदायका साँस्कृतिक रुपमा योगदान पु¥याउने व्याक्तित्वहरु रहेका छन् ।
तिनै स्थानमा आदिवासी जनजातिहरुको पहिचानयुक्त भेषा, भुषा र साँस्कृतिक झाँकीहरु समेत प्रश्तुत् गरिने पनि महासंघले जनाएको छ ।