कुरीति अन्त्यका लागि एकजुट हुन आवस्यक
पाँचथर/२१ औं शताब्दीमा आइपुग्दा पनि नेपाली समाजमा कुरीतिजन्य हिंशा अझै कायम रहेको भन्दै त्यसलाई हटाउँन एकजुट भएर अघि बढ्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
फिमिमा शनिबार आयोजित कुरीतिजन्य हिंशा विरुद्धको अन्तरक्रियामा सहभागिहरुले परिवर्तन सँगै मानिसमा चेतनाको विकास भइरहे पनि त्यस्ता हिंशा कायमै रहेको उल्लेख गरे । त्यस विरुद्ध समाजका सचेत मानिस एकजुट भएर लाग्नुपर्ने उनीहरुको भनाई थियो ।
ठाउँ स्थान अनुसार कुरीतिजन्य हिंशाका प्रकृति पनि फरक–फरक किसिमको रहेको अन्तरक्रियाका सहभागिले बताए । खासगरी तराई क्षेत्र र पश्चिम नेपालमा यसको अवस्था डरलाग्दो रहेको जनाइयो । सामाजिक र साँस्कृतिक रुपमा जखडिएर रहेको त्यस्ता हिंशाबाट सबैभन्दा बढी महीला पीडित बन्नु परेको समेत सहभागिको भनाई थियो ।
पाँचथर सहित पूर्वी पहाडी क्षेत्रमा पनि यस्ता हिंशा कायम रहेको भन्दै त्यसको अन्त्यका लागि के गर्न सकिन्छ भन्ने विषयमा केन्द्रीर रहेर अन्तरत्रिया गरिएको आयोजक संस्था मानवतावादी समाज (सोच) नेपालका अध्यक्ष बिमला पराजुलीले बताइन् ।
त्यस्ता कुरीतिलाई हटाउँन सबैभन्दा पहिले मानिसमा जनचेतना प्रवाह गर्न आवस्यक रहेको सहभागिले सुझाब दिएका थिए । कार्यक्रममा जिल्लास्थित अधिकारवादी संघ–संस्था र नागरिक समाजका प्रतिनिध साथै सञ्चारकर्मीहरुको सहभागिता रहेको थियोे ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































