राजविराज/ वाढि प्रभावित जनतालाई स्वास्थ्य सेवा दिन शनिवार सप्तरी आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केशीले आईतवार पनि उपचार सेवालाई निरन्तरता दिएका छन् । तिलाठि गाविसमा दुई दिनदेखि सर्वसाधारणको उपचार गरीरहेका केशीले आईतवार वडा नं. ७ स्थित स्वास्थ्य चौकी भवनमा निःशुल्क स्वास्थ्योपचार गरेका छन् ।
तिलाठीका स्थानीय युवाको संयोजनमा डा केसीले त्यहाँ रहेका स्थानीयवासीको स्वास्थ्य चेक जाँच तथा पानीका कारण उत्पन्न हुन सक्ने स्वास्थ्य समस्याका वारेमा चेतना जगाउने काम समेत गरीरहेका छन् । डा केसीले शनिवार करिव १ सय २५ र आईतवार १ सय विरामीको स्वास्थ्य चेकजाँच गरेको स्थानीय युवा निरज झाले वताए । डा केसी आएको खबर पाएपछि सकरपुरा, लोनिया, रम्पुरा मल्हनियाँ, कोलाडी लगायत आधा दर्जन गाविसका बाढीप्रभावित तथा भारतीय क्षेत्रवाट समेत मानिसहरु आईरहेको उनले जानकारी दिएका छन् । चर्को घाम र कमजोर शरीरको वेवास्ता गरी सर्वसाधारणको सेवामा तल्लीन रहेका डा. केशीले सरकारले भन्दा ठुलो गुन लगाएका स्थानीयवासीहरु वताउँछन् । ुनिधारवाट चुहेको पसीना पुछ्दै जनताका समस्यालाई आफनै समस्या झै भोगीरहनु भएको छु रोसन झाले भने(ुयसैगरी सरकारी डाक्टरहरुले काम गर्नेहो भने कुनै पनि नेपालीले रोग वोकेर वस्नुपर्दैन ।
डा. केशीको तिलाठि आगमन तिलाठि लगायत सप्तरीवासीकै लागि गर्वको विषय भएको स्थानीयको धारण छ । ुडा. केशीले स्थानीय जनतालाई उपचार मात्रै गर्नु भएको छैनु उनले थपे(ुभारत र नेपालका नागरिकको विचमा उम्रिएको विद्वेशको विऊलाई पनि मार्ने काममा पनि वहाँको योगदान देखिन थालेको छ ।
दुई साताअघि खाँडो खोलामा आएको वाढिले दशगजा क्षेत्रको पुरानो वाँध भत्काई दिएको र सोहि वाँध पुनर्निर्माण गर्ने र भत्काउने विषयमा विवाद हुँदा कुटाकुटको अवस्था श्रृजना भएको वारेमा जानकारी दिदै झाले भने(ुकेहि मिडिया र राजनितिक दलले त्यस घटनालाई चुनावी अभियान वनाए, जस्ले सम्वन्धमा झनै चिसोपना आयो ।ु वाँधका कारण श्रृजित समस्या डा. केशीको आगमनले केहि कम हुँदै गएको महँसुस गरेका झाले केहि भारतीय नागरीक तिलाठि आएर उपचार गराएर फर्किनु त्यसको उदाहरण भएको वताए । तिलाठिवासीको यति ठुलो अदृष्य उपलब्धीमा डा. केशीको योगदान अतुलनीय रहेको स्थानीयवासीहरु वताएका छन् । ुअरुको नजरमा त वहाँले मान्छेका दुःखेका हाड र नशाको उपचारका लागि दवाई मात्रै वाँडिरहनु भएको छु तिलाठि घटनाको नेतृत्वकर्ता मध्येका एक देवनारायण यादवले भने(ुतर, वहाँको कामले हाम्रो (नेपाली(भारतीय) दुःखेको मनमा मलम लगाउने काम पनि भईरहेको छ ।