आँखा तथा कान शिविर सम्पन्न
फायलफाेटाे
- साउन २५, २०७३
- ब्लाष्ट खबर
धरान/ नेवार एकता समाज वार्ड नम्बर ७ ले मब्गलबार आँखा तथाकान शिविर गरेको छ ।
शिविरमा २१ जनामा सल्यक्रिया गर्नु पर्ने खाल्को मोतीयाविन्दू भएको आँखारोगीहरु फेला परेको व्यवस्थापक निश्चल पलिखेले बताए । शिविरमा २८४ जनाले सेवा लिएका थिए । जसमा दुईसय जना आँखा रोगी र ८४ जना कानको समस्या लिएर जचाउँन आइपुगेका थिए । उनीहरुलाई निःशुल्क औषधिसमेत वितरण गरिएको कार्यक्रम संयोजक लतिका श्रेष्ठले बताइन् ।
विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ६ जना आँखा तथा कान चिकित्कसहरुले आँखा तथा कान चाँज गरेका थिए । भारतीय राजदुताबासको सहयोगमा कार्यक्रम भएको थियो भने कार्यक्रमको उद्घाटनमा धरान–७ का ज्येष्ठ नागरिक सूर्यशेखर श्रेष्ठको प्रमुख उपस्थितिमा कार्यक्रम भएको थियो ।
समाजका अध्यक्ष सुवर्ण पलिखेको सभापतित्वमा भएको कार्यक्रममा आँखा तर्फ ६ देखि ८३ वर्ष र कानमा ४ देखि ७१ वर्षसम्मका रोगीहरु जचाएका थिए ।